आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

सारांश

  •     पालनपोषण र हेरचाह गर्ने परिवारका सबै अभिभावक गुमाएपछि अभिभावकको सहारामा हुर्कनुपर्ने उमेरमा जोगमोहना निवासी फूलचन्द्र सदाकी १३ वर्षीया छोरी काजोल सदा र १२ वर्षीया पुनिता सदाको जीवनमा दुःखको पहाड खसेको छ ।
  •     गत २०७८ मा बुबा फूलचन्द्र सदाको मृत्यु भएको एक वर्ष नबित्दै आमा सुगेश्वरी सदाले पनि संसार त्यागिन् ।
  • केही महिना अगाडि मात्र उनीहरूका दाजु सुमित कुमार सदा मृगौला रोगका कारण उपचारकै क्रममा निधन भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    आमा, बुबा र दाजु गुमाएपछि अभिभावकविहीन बनेकी सप्तरीको रूपनी गाउँपालिका ६ जोगमोहना निवासी एक दलित परिवारकी दुई नाबालिका दिदी–बहिनीको जीवन अत्यन्त कष्टकर बनेको छ ।
    पालनपोषण र हेरचाह गर्ने परिवारका सबै अभिभावक गुमाएपछि अभिभावकको सहारामा हुर्कनुपर्ने उमेरमा जोगमोहना निवासी फूलचन्द्र सदाकी १३ वर्षीया छोरी काजोल सदा र १२ वर्षीया पुनिता सदाको जीवनमा दुःखको पहाड खसेको छ ।
    गत २०७८ मा बुबा फूलचन्द्र सदाको मृत्यु भएको एक वर्ष नबित्दै आमा सुगेश्वरी सदाले पनि संसार त्यागिन् । केही महिना अगाडि मात्र उनीहरूका दाजु सुमित कुमार सदा मृगौला रोगका कारण उपचारकै क्रममा निधन भएको थियो ।
    यसरी एकपछि अर्को गर्दै आमा, बुबा र दाजुको मृत्यु भएपछि ती दुई दिदी–बहिनी मात्र टुहुरा बनेका छैनन्, के खाने र कसरी बाँच्ने भन्ने चिन्तामा डुबेका छन् । स्थानीय पुनम चौधरीका अनुसार उनीहरू अहिले अत्यन्त कठिन अवस्थामा बाँच्न बाध्य छन् ।
    “आमा, बुबा र दाजुको मृत्यु भएपछि ती दुवै दिदी–बहिनीको जीवन निकै कष्टकर बनेको छ,” श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता समेत रहेका चौधरीले भने,“काजोल र पुनिताकी जेठी दिदी १९ वर्षीया ललिता कुमारी सदाको विवाह भइसकेको छ । उनी कहिलेकाहीँ बहिनीहरूलाई हेर्न आउँछिन्, तर आफ्नै ससुराली फर्किनुपर्ने भएकाले दिदी–बहिनीहरू छिमेकीको घर–आँगन चहार्दै पेट पाल्न बाध्य छन् ।”
    परिवारको दयनीय अवस्था देखेर गैरसरकारी संस्था जीवन विकास समाजले केही वर्षअघि ती दिदी–बहिनीका लागि एउटा सानो घर निर्माण गरिदिएको छ । “यसले उनीहरूलाई सुरक्षित आश्रय त दिएको छ,” चौधरीले भने, “तर खाद्यान्न, शिक्षा र दैनिकीका आवश्यकताका लागि उनीहरूको संघर्ष अझै जारी छ ।”
    सानै उमेरमा ती निर्दोष बालिकामाथि परेको यस्तो बज्रपात अरू कसैको जीवनमा नपरोस् भन्ने स्थानीय बासिन्दा इन्द्रदेव साहको भनाइ छ ।
    “बाल्यकालमै आमा, बुबा र दाजु गुमाउनु अत्यन्त पीडादायी कुरा हो,” उनले भने,“उनीहरूको दुःख र पीडाले हामी सबैलाई स्तब्ध बनाएको छ । हामीले सक्दो सहयोग गरिरहेका छौँ ।”
    यस घटनाले अनाथ बालबालिका तथा अभिभावकविहीन परिवारका लागि राज्य, समुदाय र नागरिक समाजबाट दीर्घकालीन सहयोगको आवश्यकता रहेको स्थानीयको भनाई छ । हरवा–चरवा समुदायका ती दिदी–बहिनीलाई सहयोग गर्न आफूहरूले निरन्तर प्रयास गरिरहेको श्रीपुरराज सामुदायिक विकास केन्द्र, सप्तरीका कार्यक्रम संयोजक मनोजकुमार गौतमले बताए ।
    द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र, सप्तरीले सो पालिकामा हरवा–चरवा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । “त्यही कार्यक्रम अन्तर्गत गठन गरिएको कोहिलिडा डाहा बचत तथा ऋण समूहमा दिदी–बहिनीकी आमा सुगेश्वरी सदा पनि सदस्य थिइन्,” गौतमले भने, ‘‘सुगेश्वरी सदाको निधन भएपछि उनका नबालिका छोरीहरु ठूलो समस्यामा परेका छन् ।”
    उनका अनुसार तत्कालका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्रबाट दिदी–बहिनीलाई केही आर्थिक सहयोग गरिएको छ । “तर यसले मात्र पुग्दैन,” उनले भने, “उनीहरूको भविष्य सुरक्षित बनाउन दीर्घकालीन सहयोगका लागि हामी पहल गरिरहेका छौँ ।” त्यसमा सबैको सहयोग आवश्यक छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह