दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
पुस्तक किनेर पढ्ने परिपाटी घट्दै गएको समयमा सप्तरीका एक “बाबा” ले पुस्तक किनेरै पढ्ने रुची देखाएका छन् ।
सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका १ लक्ष्मी टोल निवासी ५६ वर्षिय बाबा नामले चर्चित अशोक कुमार यादव नियमित रुपमा पुस्तक किनेर अध्यन गर्दै आएका हुन ।
अध्यात्मतीर लागेका जोगि (बाबा) को रुपमा रहने गरेका उनी अहिले सम्म अविवाहित नै छन । घरका ज्येष्ठ सुपुत्र रहेका उनका दुई भाइ छन । दुबै भाईको विवाह भईसकेको छ । बुवा मुगालाल आमा दयावती तथा भाईहरुले दिने पकेट खर्च तथा श्रद्धालु भक्तजनहरुले स्वेच्छाले दिने सानोतिनो आर्थिक सहयोग रकमले पृुस्तक किनेर पढ्ने गरेका उनी बताउँछन ।
गाउँ कै पब्लिक माध्यमिक विद्यालय तिलाठीबाट माध्यमिक स्तर सम्मको पढाइ गरेका उनलाई धार्मिक संगै राजनितिक र साहित्यीक लगायतका विद्याका पुस्तक अध्यनमा उत्तिकै रुची रहेको छ ।
अंगे्रजी भाषामा लेखिएका विभिन्न विद्वानका जीवनी सम्बन्धी पुृस्तक किनेर पढ्ने गरेका उनको रोजाईमा मातृभाषा मैथिली, नेपाली, हिन्दी भाषाका पुस्तकहरु समेत पर्ने गरेको साहित्यीक संस्था साझा प्रकाशन शाखा कार्यालय राजविराजका कर्मचारी राजेश कुमार झा बताउँछन । उनका अनुसार अशोक (बाबा) ले महिनाको सरदर ३÷४ वटा पुस्तक किनेर लाने गरेका छन ।
आर्थिक अवस्था कमजोर भएका अशोक (बाबा) ले आफुले सहयोगबाट संकलन गरेको रकम अन्य कुरामा खर्च गर्नू भन्दा पुस्तक किनेर पढन मै लगाउदा विशेष आनन्द मिल्ने गरेको सुनाउँछन । उनी भन्छन–“पुस्तक पढदा ज्ञान प्राप्त हुन्छ, र ज्ञान प्राप्त भएपछी अरुलाई ज्ञान बाँडन पनि सहज हुन्छ ।”
“बाबा” को पुस्तक किनेरै पढ्ने रुची
सारांश
- सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका १ लक्ष्मी टोल निवासी ५६ वर्षिय बाबा नामले चर्चित अशोक कुमार यादव नियमित रुपमा पुस्तक किनेर अध्यन गर्दै आएका हुन ।
- अध्यात्मतीर लागेका जोगि (बाबा) को रुपमा रहने गरेका उनी अहिले सम्म अविवाहित नै छन ।
- घरका ज्येष्ठ सुपुत्र रहेका उनका दुई भाइ छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया