दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र भइरहेको गुनासो पोखेका छन् ।
बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् ।
रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बेला आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल, प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।
उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै उनले दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरे ।
उनले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा अघि नै ७५ प्रतिशत काम सम्पन्न भइसकेको तथा आफूले तोकिएकै बजेटको परिधिमा रही बाँकीे काम सम्पन्न गरेको जानकारी दिए । सोही विषयलाई लिएर अहिले विपक्षिहरुले बदनाम र चरित्रहत्या गर्ने नियतले आयोगमा झुठ उजुरी दिएको दाबी समेत गरे ।
यता उनीसहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले विद्यालय भवन निर्माण कार्य विषयमा सोधपुछका लागि शुक्रवार बोलाएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ५ स्थित श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उनी सँगै रामसागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार साह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रवार उपस्थित गराई दिन डाक्नेश्वर नगरपालिकालाई अख्तियारले गरेको पत्राचारमा उल्लेख छ ।
सो विद्यालयको विद्यालय भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछी छानबिनका क्रममा बयानका लागि उनीहरुलाई बोलाइएको बुझिएको छ । आयोगले गरेको पत्राचारमा रास्वपा उम्मेदवार चौधरीसहित अन्य ९ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरिएको छ ।
चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
सारांश
- बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोख्दै आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेकोमा त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् ।
- रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बेला आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल, प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।
- उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै उनले दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया