दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार साँझ एक नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुब्र्यबहारको भएको घटना सार्वजनिक भएको छ ।
बजारमा किनमेल गरी घर फर्किदै गरेकी ती एक नाबालिका माथी यौन दुव्र्यबहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यौन दुब्र्यवहारका आरोपी ६८ वर्षिय बृद्ध फरार छन । सोही नगरपालिका वस्ने बृद्धमाथी पीडित पक्षबाट उजुरी आएपछी उनको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
बजारबाट घर फर्किदै गर्दा एकान्त स्थलको मौका छोपी ती बृद्धले बालिकाको सम्वेदनशिल अंगमा हात लगाई यौनदुब्र्यवहार गरेको पीडित बालिकाका परिवारको भनाइ छ ।
बृद्धले ती नाबालिकालाई गलत नियतले शरीरको संम्वेदनशिल अंग छोएको भन्ने कुरा आएकोले यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पुरीले जानकारी दिए ।
नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
सारांश
- बजारमा किनमेल गरी घर फर्किदै गरेकी ती एक नाबालिका माथी यौन दुव्र्यबहार भएको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यौन दुब्र्यवहारका आरोपी ६८ वर्षिय बृद्ध फरार छन ।
- सोही नगरपालिका वस्ने बृद्धमाथी पीडित पक्षबाट उजुरी आएपछी उनको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया