दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
राजबिराज जेसीजले “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको छ । उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै राजबिराज जेसीजले पुनः राष्ट्रिय स्तरमा सम्मान पाएको हो ।
राजबिराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” हात पार्न सफल भएको हो ।
यसअघि गत जनवरी महिनामा चितवनको सौराहामा राजविराज जेसीजले अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो ।
उनले भने, “हामीले राजबिराजलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, र त्यसकै परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ ।”
यस उपलब्धिले राजबिराज जेसीजको संस्थागत क्षमता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । साथै, यसले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
सारांश
- राजबिराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” हात पार्न सफल भएको हो ।
- यसअघि गत जनवरी महिनामा चितवनको सौराहामा राजविराज जेसीजले अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
- राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया