दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सप्तरीको छुट्टाछुट्टै तीन स्थानमा आइतबार राती भएको आगलागीमा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ४ स्थित रामदेव चौधरीको टिनको छानो भएको गाई गोठमा आगलागी भई गोठसहित सो भित्र रहेको काठपातहरु जलेर नष्ट हुँदा ३ लाख ५० हजार मुल्य बरारबरको क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै महदेवा गाउँपालिका वडा नं. ४ मनियार प्रसाही टोल बस्ने ४० बर्षीय बैजनाथ सदाको फुसको गोठ घरमा बालेको घुरबाट अचानक आगलागी भएर १ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति भएको छ । गोठ घरमा रहेको काठपात, चामल, गहुँ, भैंसी पाडी समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका वडा नं. ८ बिसहरिया टोल स्थित ७१ बर्षीय भागवत साहको गोठ घरमा घुरबाट आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीमा गोठ घर सहित चामल, खसि, बाख्रा, मोटर लगायतका सामानहरु जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार तीनै स्थानमा भएको आगलागिमा कुल ६ लाख ७३ हजार ५ सय रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले जनाए ।
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
सारांश
- जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं.
- ४ स्थित रामदेव चौधरीको टिनको छानो भएको गाई गोठमा आगलागी भई गोठसहित सो भित्र रहेको काठपातहरु जलेर नष्ट हुँदा ३ लाख ५० हजार मुल्य बरारबरको क्षती भएको प्रहरीले जनाएको छ ।
- यस्तै महदेवा गाउँपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया