हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  •     हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ ।
  •       त्यस्तै हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
    मंगलबार बिहान ४ बजे आएको वर्षासँगै हावाहुरीका कारण सप्तरीमा लाखौ मूल्य बराबरको क्षति भएको छ ।
    हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ । 
    त्यस्तै हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
    जिल्लाका विभिन्न स्थानमा ३० वटा पोल ढलेको र तार चुँडिएको बिद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।
    यता अवरुद्ध भएको बिजुली सुचारु गराउने कार्य जारी रहेको जानकारी दिदै तार, पोलसँगै अधिकांश ठाउँमा ट्रान्सफर्मरमा पनि क्षति भएको उनले बताए । हावाहुरीका कारण अवरुद्ध भएको मेन लाइन (११ हजार भोल्ट) सञ्चालनमा आइसकेको र अन्य ठाउँमा पनि विद्युत सुचारु गराउने प्रयास भइरहेको प्रमुख साहको भनाई छ । 
    बिद्युतको तार चुँडिएका ठाउँमा बिजुली सञ्चालनको कार्य जारी राख्दै  पोल लडेका र भाँचिएका ठाउँमा भोलिसम्म जिल्ला भारिमा बिद्यूत सुचारु गरि सक्ने उहाँले आशोसन दिनुभयो ।
    यस्तै खडक तथा शम्भुनाथ नगरपालिकामा हावाहुरीले सर्वसाधारणको घर भत्काउँदा करिब  १० लाख मूल्य बराबरको क्षति भएको छ ।
    यसैबिच जिल्लाको अन्य ठाउँमा हावाहुरीका कारण भएको क्षतिको  विवरण संकलन कार्य जारी रहेकाले थप परिमाण आउन बाँकी रहेको जिप्रका सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत चुहावट नियन्त्रणको टोली घरमा पुग्दा त्रासका कारण महिलाको मृत्यु
विद्युत चुहावट नियन्त्रणको टोली घरमा पुग्दा त्रासका कारण महिलाको मृत्यु
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु