दैनिक समाचारदाता
राजविराज, ४ असार ।
धरानमा फैलिएको डेंगु रोग बिस्तारै सुनसरीको इनरुवा हुँदै सप्तरीमा समेत आइपुगेको छ ।
यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा बुधबार डेंगुको संक्रमण देखिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कन्चरुपको ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिएका छन् ।
यस्तै सोही ठाउँका अर्का एक व्यक्तिमा पनि डेंगुको आशंका गरिएको छ । तर, उनी चेकजाँचका लागि नआएकाले पुष्टि हुन नसकेको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रमुख गुप्ताले यस सम्बन्धमा मन्त्रालयमा जानकारी गराएको बताउँदै चौधरीको ष् स्चेकजाँच र उपचारको व्यवस्था सुरु हुने बताए ।
यसैगरि सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति सुलोचना चौधरीलले जानकारी दिएकी छिन् ।
इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।
यसअघि डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ ।
बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको हो । धरानमा सबैभन्दा बढी वडा नम्बर १५ र ८ मा डेंगुका विरामी भेटिएका छन् । ती वडालाई डेंगु संकटग्रष्त क्षेत्रघोषणा गरिएको छ । एकै परिवारका चारै जनामा समेत डेंगुको संक्रमण देखिएको छ ।
त्यसका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ सय ७४ जनामा डेंगुको संक्रमण भेटिएको छ । दैनिक ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेका छन् । धरानका अन्य अस्पतालमा थप ७१ जना डेंगुका बिरामी उपचारार्थ रहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।
वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगु देखिएको थियो । अहिले सुनसरीको इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगरसम्म डेंगुका बिरामी फेला परेका छन् ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
डेंगुको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने र ५ देखि ७ दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू देखा पर्ने चिकित्सकहरु वताउँछन् ।
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा
सारांश
- यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा बुधबार डेंगुको संक्रमण देखिएको हो ।
- प्राथमिक स्वास्थ्य केन्द्र कन्चरुपको ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिएका छन् ।
- यस्तै सोही ठाउँका अर्का एक व्यक्तिमा पनि डेंगुको आशंका गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया