जग्गा विवादमा परिवारै कुटिए

राजविराज राजविराज
|
बिहिबार, आषाढ १२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जग्गा विवादमा परिवारै कुटिए

सारांश

  •     सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाईबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षिय नाती नितिश घाइते भएका छन् ।
  •       घाइते सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
  • घाइते मध्ये टाउँकोमा गम्भिर चोट लागेका दुखी मालीको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    जग्गा विवादमा एक पक्षको कुटाईबाट दुई वर्षिय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भिर छ । 
    सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाईबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षिय नाती नितिश घाइते भएका छन् । 
    घाइते सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये टाउँकोमा गम्भिर चोट लागेका दुखी मालीको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 
    जग्गाको आली जबरजस्ति मिच्न खोज्दा रोक्ने क्रममा सोही वडा निवासी लालदेव माली, राजु माली, प्रभात माली, अनुराग माली लगायतका समूहले एक्कासी घरेलु हतियारले आक्रमण गरेको घाइते चन्द्रिका कुमारी मालीले बताईन् । कुटपिटबाट काँखमा बोकेको दुई वर्षिय नाती नितिश पनि घाइते भएको पारु मालीले सुनाईन् । 
    घटनापछि आरोपि सबै फरार रहेको गाउँलेहरुले बताएका छन् । घटनाको अनुसन्धान तथा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा
“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित