पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग

राजविराज राजविराज
|
आइतबार, आषाढ २२, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा  जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ ।
  •       सो माँग पत्रमा विद्यार्थीहरुको नामबाट उठाइएको विकास शुल्क तथा विश्वविद्यालय अनुदान आयोग र त्रि.
  • वि.

दैनिक समाचारदाता
राजविराज, २२ असार । 
    नेपालको सबैभन्दा पुरानो, ठुलो र अग्रणी राजविराजस्थित मविव क्याम्पसमा अनेरास्ववियुले आइतबार विभिन्न २१ बुँदे माँग राख्दै पाँच दिन भित्र ती माँगहरु सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई माँग पत्र बुझाएको छ । 
    अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा  जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ । 
    सो माँग पत्रमा विद्यार्थीहरुको नामबाट उठाइएको विकास शुल्क तथा विश्वविद्यालय अनुदान आयोग र त्रि.वि.बाट आएको विकास निर्माणको रकमबाट भएको विकास निर्माण कामकाज जस्तै माँ सरस्वती मन्दिर, कभर्ड हल, प्रशासनिक भवन, बाहिरी ढलान सडक, ल्याव व्यवस्थापन, पानी पाइप जडान कार्य, टेण्डर प्रक्रिया लगायत अन्य विकास निर्माणको कामकाजमा व्यापक रुपमा भ्रष्टाचार भएको ठहर गर्दै कसरी काम भएको हो तथा विल भरपाई समेतको बारे सार्वजनिक रुपमा विद्यार्थी प्रतिनिधी तथा सम्बन्धित सवै पक्षलाई जानकारी गराउन माँग गरिएको छ ।  
    त्यस्तै त्रि.वि.को तलब, भत्ता खाएर पदीय जिम्मेवारी अनुरुपको कामकाज नगर्ने शिक्षक र कर्मचारीहरुलाई कारवाही गरिनुपर्ने र पदीय जिम्मेवारी अनुरुप कामकाजमा लगाउनुपर्ने, स्ववियु चुनाव हुन नसेकेको अवस्थामा विद्यार्थी संगठनलाई अनिवार्य रुपमा क्याम्पसको हरेक निर्णय प्रक्रियाका साथै विद्यार्थीको लागि हुने विकासीय कामकाजमा सहभागी गराउनुपर्ने लगायतका २१ बुँदे माँग गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
ल्यावमा तोडफोड, एक जना पक्राउ
ल्यावमा तोडफोड, एक जना पक्राउ
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा