यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव

राजविराज राजविराज
|
मंगलबार, आषाढ २४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव

सारांश

  •     ग्लोबल बहुमुखी सहकारी संस्थाले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम ऋण लिएवापत समयमै सावा तथा ब्याज बुझाउने २४ जना ऋणीलाई ब्याजको ६० प्रतिशत रकम अनुदान दिएको हो ।
  •       आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौेडलले नेपाल सरकारले बेराजगारलाई स्वरोजगार बनाउनका निम्ति कार्यक्रम ल्याए पनि अधिकांश ऋणीहरुले समयमा सावा ब्याज नतिर्ने गरेकाले कार्यक्रमको उद्देश्यनै धरापमा पर्न गएको जिकिर गरेका छन् ।
  • उनले यूवा स्वरोजगार कार्यक्रम अन्तरगत दिइने रकम झण्डै ब्याजबिहीन नै रहेकोले सो रकम पनि ऋणीहरुले समयमै तिर्ने नगरेको तथा संस्थाहरुले समेत उक्त रकमको सदुपयोग गर्ने नगरेको पाइएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    यूवा स्वरोजगार कोष जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीको संयोजन तथा ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको आयोजनामा सोमबार असल ऋणीहरुलाई ब्याज अनुदान बितरण गरिएको छ । 
    ग्लोबल बहुमुखी सहकारी संस्थाले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम ऋण लिएवापत समयमै सावा तथा ब्याज बुझाउने २४ जना ऋणीलाई ब्याजको ६० प्रतिशत रकम अनुदान दिएको हो । 
    आयोजित कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौेडलले नेपाल सरकारले बेराजगारलाई स्वरोजगार बनाउनका निम्ति कार्यक्रम ल्याए पनि अधिकांश ऋणीहरुले समयमा सावा ब्याज नतिर्ने गरेकाले कार्यक्रमको उद्देश्यनै धरापमा पर्न गएको जिकिर गरेका छन् । उनले यूवा स्वरोजगार कार्यक्रम अन्तरगत दिइने रकम झण्डै ब्याजबिहीन नै रहेकोले सो रकम पनि ऋणीहरुले समयमै तिर्ने नगरेको तथा संस्थाहरुले समेत उक्त रकमको सदुपयोग गर्ने नगरेको पाइएको जानकारी दिए ।
    प्रजिअ पौडेलले सरकारको लगानी खेर जान नदिन ऋणीहरुले समयमै सावा ब्याज तिरी असल ऋणको परिचय दिन आग्रह गर्दै सरकारले पहिलो २ लाख रकम दिने गरेकोमा अहिले २ देखी ५ लाखसम्म स्वरोजगारका लागि रकम दिने गरेको जानकारी समेत दिए । बिना धितो संस्थाले रकम दिइरहँदा ऋणीहरुले सो रकमलाई सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
    प्रजिअ पौडेलले ग्लोबलले यूवा तथा स्वरोजगार कोषबाट दिएको रकमको सावा र ब्याज समयमै तिरेर २४ जना ऋणीहरुले ब्याजको रकमको ६० प्रतिशत रकम अनुदान पाएकोमा ती ऋणीहरुको प्रशंसा समेत गरे । 
    ग्लोबलका बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवको अध्यक्ष तथा प्रजिअ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यूवा स्वरोजगार कोष जिल्ला समन्वय समितिका संयोजक हरिदेव चौधरी, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, राजपाका जिल्ला संयोजक अमरनाथ मंडल, संस्थाका उपाध्यक्ष मुरली प्रसाद यादव लगायतका वक्ताहरुले कोषको रकम सदुपयोग गर्न ऋणीहरुलाई सुझाव दिए ।  
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेष रिमाल, सशस्त्र प्रहरीका उपरिक्षक, संचारकर्मी, ऋणीलगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
ठूलो परिमाणमा बरामद गाजा नष्ट
ठूलो परिमाणमा बरामद गाजा नष्ट
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
माओवादी केन्द्र महादेवा गाउँपालिका संयोजक यादवद्वारा पार्टी परित्याग
माओवादी केन्द्र महादेवा गाउँपालिका संयोजक यादवद्वारा पार्टी परित्याग
हात्तिले आधा दर्जन बढी घर भत्कायो
हात्तिले आधा दर्जन बढी घर भत्कायो

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह