सप्तरीमा ६३ जनाद्वारा आत्महत्या

राजविराज राजविराज
|
मंगलबार, आषाढ २४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या

सारांश

  •     जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ ।
  • प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ ।
  •       सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता भावेष रिमालका अनुसार गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीमा आत्महत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको २०७५ साउनदेखी हालसम्मको अवधीमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । 
    जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ । 
    सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता भावेष रिमालका अनुसार गत फागुन महिनामा आत्महत्या गर्नेहरुको संख्या १० रहेको थियो । सो अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् । त्यस्तै चैतदेखी असार १५ गते सम्ममा ३ पुरुष र ४ महिला गरि ७ जनाले विषसेवन तथा २४ जनाले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।  
    पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी, परिक्षामा असफलता, मानसिक तनाव, एक्लोपना, बैदेशिक रोजगारी, आर्थिक विपन्नता लगायतका कारणले आत्महत्या गर्नेको संख्या वर्षेणी बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेष रिमालको भनाई छ । आत्महत्या गर्नेले बढी घाँटीमा पासो लगाई झुण्डिने गर्ने गरेको पाइएको छ भने त्यसपछि विष सेवन, जिउमा आगो लगाउने र पानीमा हामफल्ने लगायतका विधि अपनाउने गरेको पाइएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप