प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे

राजविराज राजविराज
|
शनिबार, श्रावण ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे

सारांश

  •     भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् ।
  •       प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए ।
  •       गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।

    राजविराज÷प्रहरीको घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको भन्दै सप्तरीको बोदेबर्साइन नगरपालिकाका व्यापारीहरुले बिरोध गरेका छन् । 
    व्यापार व्यवसायी धरापमा परेकोले प्रहरी र प्रशासनको विरोध गर्दै स्थानीय व्यापारीले शनिबार सप्तरीको बोदेबरसाइन बजार बन्द गराएका छन । उनीहरुले बजार बन्द गराउनुका साथै ष्स्सिडकमा टायर बालेर नारा जुलुससमेत गरेका छन् । 
    गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्सबाट बक्री भएको करिब ७५÷८० हजार बराबरको सामान घुमुवा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएपछि व्यापारीहरु आक्रोसित भई बिरोधमा उत्रिएका हुन् । 
    भ्याट बिलसहित बेल्ही चेपेनाको पथरगाढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २÷३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिएको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिएका छन् । 
    प्रदेश प्रहरीको घुमुवा (असई) मोती महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए । 
    गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका संचालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन् ।
    यता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए ।
    यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट  समाजसेवी दास सम्मानित 
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
पुसी पूर्णिमामा स्नान र मेला भर्नेको घुँइचो
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप