सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए

राजविराज राजविराज
|
सोमबार, श्रावण ६, २०७६
|
|
५८ पटक हेरिएको
Shares
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए

सारांश

  •     स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं.
  • बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो ।
  •       सो खानेपानीको निर्माण कार्य सँगै सेनाले भुकम्पका कारण भत्काएको एक विद्यालयलाई ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरी समुदाय र बिद्यालयलाई हस्तान्तरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
    सप्तरीको महादेवा गाउँपालिकाका सबै वडामा सेनाले स्वच्छ खानेपानीका लागी डिप बोरिङ तथा खानेपानी वितरण आयोजना सम्पन्न गरेको छ । 
    स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं. बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो । 
    सो खानेपानीको निर्माण कार्य सँगै सेनाले भुकम्पका कारण भत्काएको एक विद्यालयलाई ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरी समुदाय र बिद्यालयलाई हस्तान्तरण गरेको छ । 
    निर्माण कार्य सम्पन्न पश्चात् आईतबार एक कार्यक्रम विच प्रमुख अतिथि मध्य पूर्वी पृतनाका पृतनापति उपरिथ नरेश चन्द्रभट्टद्वारा उद्घाटन लगतै समुदाय र सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । 
    ३५ लाखको लागतमा निर्माण गरिएको डिप बोरिङ र खानेपानी वितरण आयोजना तथा महादेवा गाउँपालिकास्थित आधारभूत विद्यालयको ३ सय फिट लम्बाई र १० ईन्च मोटाई रहेको छ । 
    यस्तै बाढी र गर्मीसँगै सो क्षेत्रमा सर्प र लामखुट्टेको प्रकोप समेत बढेकाले त्यसबाट जोगिन सेनाले ५ सय परिवारलाई जनहि एक–एक थानका दरले झुल समेत वितरण गरिएको भिम दल गणका गणपति एवं प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए । 
    स्वच्छ खानेपानीबाट बञ्चित तथा झुलको अभावमा लामखुट्टे र सर्पको जोखिममा रहेका स्थानियबासीको पीडा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा नजिक पु¥याएपछि उनकै असिम सदिक्षाले ३५ लाखको लगानी र सेनाको श्रमदानबाट महादेवा गाउँपालिकाका बासिन्दालाई सहयोग गर्न सकिएको उल्लेख गरे । 
    २ सय ४० फिट गहिरो डिप बोरिङ र ३० फिट उचाईको आर.सि.सि. ओभर हेड टयांकि निर्माण गरिएको छ । १० हजार लिटरको क्षमता भएको टयांकिबाट गाउँपालिकाको सवै ६ वटै वडामा २÷२ ओटा धारा समेत जडान गरी स्वच्छ खानेपानी पुर्याइएको छ  । 
    यसअघि धारा नहुँदा आर्सेनिक र आईरन युक्त टयुवेलको पानी खान बाध्य स्थानिय बासीको वडा वडामा स्वच्छ खानेपानी सहितको धारा सेनाले जडान गरिदिएपछि स्थानिय निकै हर्षित भएका छन् । 
    कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह आधारभूत विद्यालयका प्रधानाध्यापक गंगा राय ईसर लगायतले सेनाको सामाजिक कामको प्रशंसा गर्दै स्थानियको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार  गर्न अभियान चलाउने ः नेता महतो
सकरपुरा र को. मधेपुरा बिजयी
सकरपुरा र को. मधेपुरा बिजयी
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह