तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन

सारांश

  •     यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो ।
  •       जिल्ला खेलकुद विकास समिति सप्तरीका पदाधिकारीबीचको विवादले गत जेठ ४ गतेदेखी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएकोले तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको छ ।
  •       जिल्ला खेलखुद विकास समितिको आयोजनामा आयोजित मैनबत्ति प्रज्वलन कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षण प्रमुख राजकुमार परियार, प्रशिक्षक समिर जोशी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ भदौं । 
    राष्ट्रिय खेलकुद परिषद्को ५६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा मैनबत्ति प्रज्वलन गरिएको छ । 
    यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीका पदाधिकारीबीचको विवादले गत जेठ ४ गतेदेखी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएकोले तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको छ । 
    जिल्ला खेलखुद विकास समितिको आयोजनामा आयोजित मैनबत्ति प्रज्वलन कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षण प्रमुख राजकुमार परियार, प्रशिक्षक समिर जोशी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
    परिषद्को वार्षिकोत्सवको अवसरमा सरसफाई, कर्मचारीबीच ब्याडमिन्टन खेल लगायतका कार्यक्रमको आयोजना हुने प्रशिक्षण प्रमुख परियारले जानकारी दिए । 
    जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु लगायत बहुमत पदाधिकारीले अध्यक्ष अमर खवासले ब्यवस्थापकीय कमजोरी गरेको र लामो समयदेखी समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै जेठ ४ गते समितिमा तालाबन्दी गरेका थिए । 
    साढे तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प बनेको छ भने खेलाडीहरुमा निरासा छाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?