दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको सीमामा टाउको र धड छुट्टटिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ ।
ती दुबै पालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको धड तथा टाउको चाही खोलाबाट करिब एक सय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी २५÷२६ वर्षकी अपरिचित महिलाको शव परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
यता घटनास्थल भारतीय सीमासँग समेत जोडिएकाले उतैबाट पनि कसैले हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सप्तरीका प्रहरी उपरिाक कृष्ण प्रसाईले शवको प्रकृती हेर्दा २५÷३० दिनअघि नै हत्या गरि फ्यालिएको हुन सक्ने अनुमान गरेका छन् । यसबारे घटनास्थल आसपास र सीमावर्ती क्षेत्रका बासिन्दासँग समेत आवश्यक जानकारी लिने काम सुरु गरि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
टाउको र धड छुट्टीएको अवस्था महिलाको शव फेला
सारांश
- ती दुबै पालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको धड तथा टाउको चाही खोलाबाट करिब एक सय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
- अन्दाजी २५÷२६ वर्षकी अपरिचित महिलाको शव परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
- यता घटनास्थल भारतीय सीमासँग समेत जोडिएकाले उतैबाट पनि कसैले हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया