तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
१७० पटक हेरिएको
Shares
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 

सारांश

  • विद्यालय तहमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा लागुऔषध  प्रति सही बुझाइ विकास गर्न, दुव्र्यसनको जोखिम घटाउन तथा सुरक्षित र जिम्मेवार जीवनशैली अपनाउन महत्वपूर्ण योगदान पुग्ने उद्देश्यले यस्तो प्रशिक्षण संचालन गरिएको हो ।
  • राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिशन मधेश मिडिया प्रालिको आयोजनामा तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणमा विद्यार्थीलाई लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, कानुनी व्यवस्था तथा यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
  • प्रशिक्षणका क्रममा बिहीबार सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीको दबाब वा क्षणिक रमाइलोका लागि लागुऔषधको प्रयोग सुरु गर्ने धेरै युवायुवती अन्ततः दुव्र्यसनको सिकार बन्ने भएकाले विद्यार्थीले सुरुदेखि नै ’नाइँ’ भन्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।
दैनिक समाचारदाता
राजविराज, १८ असार । 
लागुऔषध दुव्र्यसनबाट बच्न र यसको कुलतबाट सचेत गराउने उद्देश्यले सप्तरीको राजगढ गाउँपालिकास्थित जनता शंकर माध्यमिक विद्यालय नर्घोका तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
विद्यालय तहमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा लागुऔषध  प्रति सही बुझाइ विकास गर्न, दुव्र्यसनको जोखिम घटाउन तथा सुरक्षित र जिम्मेवार जीवनशैली अपनाउन महत्वपूर्ण योगदान पुग्ने उद्देश्यले यस्तो प्रशिक्षण संचालन गरिएको हो ।
राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिशन मधेश मिडिया प्रालिको आयोजनामा तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणमा विद्यार्थीलाई लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, कानुनी व्यवस्था तथा यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
प्रशिक्षणका क्रममा बिहीबार सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीको दबाब वा क्षणिक रमाइलोका लागि लागुऔषधको प्रयोग सुरु गर्ने धेरै युवायुवती अन्ततः दुव्र्यसनको सिकार बन्ने भएकाले विद्यार्थीले सुरुदेखि नै ’नाइँ’ भन्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए । उनले लागुऔषधले शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था र भविष्यलाई गम्भीर रुपमा प्रभावित गर्ने भएकाले सचेत रहन आग्रह गरे ।
प्रहरी चौकी झुट्कीका प्रहरी नायव निरीक्षक विनोद खत्रीले नेपालमा लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, ओसारपसार, बिक्री–वितरण तथा सेवन सम्बन्धी कानुनी कारबाहीबारे जानकारी गराउँदै लागुऔषध विरुद्धको अभियानमा विद्यार्थी स्वयं सचेत नागरिकका रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी कक्षा १० का विद्यार्थी चितनारायण मण्डल र मेनुका कुमारी यादवले प्रशिक्षणबाट लागुऔषध सेवनले स्वास्थ्य, अध्ययन र भविष्यमा पार्ने गम्भीर असरबारे नयाँ जानकारी प्राप्त भएको उल्लेख गरे । उनीहरुले आफू मात्र होइन, आफ्ना साथीभाइलाई समेत लागुऔषधको प्रयोगबाट टाढा रहन प्रेरित गर्ने प्रतिबद्धता जनाए ।
कक्षा १० का तीन सय विद्यार्थीहरुलाई दिइएको उक्त सचेतनामूलक प्रशिक्षणका मंगलबारदेखी सुरु भई बिहीबार समापन भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
अग्रज पत्रकार सुमनको निधन
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै