तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ १८, २०८३
|
|
१२० पटक हेरिएको
Shares
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 

सारांश

  • विद्यालय तहमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा लागुऔषध  प्रति सही बुझाइ विकास गर्न, दुव्र्यसनको जोखिम घटाउन तथा सुरक्षित र जिम्मेवार जीवनशैली अपनाउन महत्वपूर्ण योगदान पुग्ने उद्देश्यले यस्तो प्रशिक्षण संचालन गरिएको हो ।
  • राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिशन मधेश मिडिया प्रालिको आयोजनामा तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणमा विद्यार्थीलाई लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, कानुनी व्यवस्था तथा यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
  • प्रशिक्षणका क्रममा बिहीबार सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीको दबाब वा क्षणिक रमाइलोका लागि लागुऔषधको प्रयोग सुरु गर्ने धेरै युवायुवती अन्ततः दुव्र्यसनको सिकार बन्ने भएकाले विद्यार्थीले सुरुदेखि नै ’नाइँ’ भन्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।
दैनिक समाचारदाता
राजविराज, १८ असार । 
लागुऔषध दुव्र्यसनबाट बच्न र यसको कुलतबाट सचेत गराउने उद्देश्यले सप्तरीको राजगढ गाउँपालिकास्थित जनता शंकर माध्यमिक विद्यालय नर्घोका तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
विद्यालय तहमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा लागुऔषध  प्रति सही बुझाइ विकास गर्न, दुव्र्यसनको जोखिम घटाउन तथा सुरक्षित र जिम्मेवार जीवनशैली अपनाउन महत्वपूर्ण योगदान पुग्ने उद्देश्यले यस्तो प्रशिक्षण संचालन गरिएको हो ।
राजगढ गाउँपालिकाको आर्थिक सहयोग तथा मिशन मधेश मिडिया प्रालिको आयोजनामा तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणमा विद्यार्थीलाई लागुऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, कानुनी व्यवस्था तथा यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
प्रशिक्षणका क्रममा बिहीबार सहजकर्ता अधिवक्ता सतिशकुमार दत्तले उत्सुकता, साथीको दबाब वा क्षणिक रमाइलोका लागि लागुऔषधको प्रयोग सुरु गर्ने धेरै युवायुवती अन्ततः दुव्र्यसनको सिकार बन्ने भएकाले विद्यार्थीले सुरुदेखि नै ’नाइँ’ भन्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए । उनले लागुऔषधले शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था र भविष्यलाई गम्भीर रुपमा प्रभावित गर्ने भएकाले सचेत रहन आग्रह गरे ।
प्रहरी चौकी झुट्कीका प्रहरी नायव निरीक्षक विनोद खत्रीले नेपालमा लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, ओसारपसार, बिक्री–वितरण तथा सेवन सम्बन्धी कानुनी कारबाहीबारे जानकारी गराउँदै लागुऔषध विरुद्धको अभियानमा विद्यार्थी स्वयं सचेत नागरिकका रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी कक्षा १० का विद्यार्थी चितनारायण मण्डल र मेनुका कुमारी यादवले प्रशिक्षणबाट लागुऔषध सेवनले स्वास्थ्य, अध्ययन र भविष्यमा पार्ने गम्भीर असरबारे नयाँ जानकारी प्राप्त भएको उल्लेख गरे । उनीहरुले आफू मात्र होइन, आफ्ना साथीभाइलाई समेत लागुऔषधको प्रयोगबाट टाढा रहन प्रेरित गर्ने प्रतिबद्धता जनाए ।
कक्षा १० का तीन सय विद्यार्थीहरुलाई दिइएको उक्त सचेतनामूलक प्रशिक्षणका मंगलबारदेखी सुरु भई बिहीबार समापन भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
भारोत्तोलनका खेलाडीको बिदाई
भारोत्तोलनका खेलाडीको बिदाई
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
आगलागिमा तीन घर जलेर नष्ट
आगलागिमा तीन घर जलेर नष्ट
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बरसाइन प्रवेश
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी
थप एक लाख दाइजो तिर्न नसक्दा हत्या ः माइती पक्ष, पोष्टमार्टम रिपोर्ट पर्खौ ः प्रहरी