दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
जेठो छोराको हत्या भएको चार वर्ष नबित्दै परिवारका थप दुई सदस्य समेतलाई गुमाएका राजविराज ७ निवासी बृद्ध रामशंकर लाल देव न्यायका लागि भौतारिएका छन् ।
एकपछि अर्को गर्दै परिवारका तीन सदस्य गुमाउनु पर्दा बृद्ध देव उनका पत्नि आशादेवी र कान्छो छोरा चन्द्रनारायण देव न्यायका लागि भौतारिएका हुन् । तर, अहिले सम्म देव परिवारले न्याय पाउन सकेका छैनन् ।
आइतबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि देव परिवार न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन् । देवका ३० वर्षिय जेठा छोरा जितेन्द्रको २०७२ साल असोज ३० गते अपहरण पश्चात् हत्या गरिएको थियो । २९ असोज मा अज्ञात व्यक्तिबाट अपहरणमा परेका जितेन्द्रको भोली पल्ट राजविराज–कुनौली सडकखण्डमा पर्ने नहर किनारमा हत्या गरि फ्यालिएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
उक्त घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । पति हत्याको खबरले शोकमग्न भई ओछ्यान समाएका पत्नि विष्णुमाया देवको पनि शोकमै २०७५ कात्तिक १० गते निधन भयो । तर, देव परिवारको विपत्ति यँही रोकिएन् । बुहारी विष्णुलाई गुमाएको एक वर्ष नबित्दै काठमाडौंमा अध्ययनरत देवका कान्छी लक्ष्मीको पनि २०७६ असोज १८ गते सवारी दुर्घटनामा परि मृत्यु भयो ।
दशैं मनाउन बा.३ख. २३५९ नं.को मिनि बस चढेर राजविराजतर्फ आउँदै गर्दा बीच बाटोमै गाडी पल्टिदा लक्ष्मीको घटनास्थलमै मृत्यु भयो । एकपछि अर्को गर्दै परिवारका सदस्यको मृत्यु भएपछि उक्त परिवारलाई न त कुनै चाडपर्वले छोएको छ न कुनै खुशीयालीमा रमाउने अवसर नै पाएको छ ।
बाचेका परिवारका सदस्य शोकै शोकमा दिन बिताउनु परेको पत्रकार सम्मेलनमा बृद्ध रामशंकर लाल देवले सुनाए । यो श्रृंखलाले हामी मर्माहत भएका छौं, उनले भने “तर राज्य पक्षबाट कुनै सहयोग पाइएको छैन् ।” उनले जेठा छोराको हत्यारालाई पक्राउ र कारवाही गराउन जिल्लादेखी प्रहरीको काठमाडौंस्थित केन्द्रिय कार्यालयसम्म दौडधुप गर्दा पनि आश्वासन बाहेक केही पाउन नसकिएको गुनासो पोखे ।
यस्तै चालकको लापरवाहीले भएको बस दुर्घटनामा छोरीको ज्यान जाँदा पनि एक रुँपैया पनि क्षतिपूर्ती नपाएको र चालकमाथी कारवाही समेत नभएको गुनासो पोखे । यता यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा जिज्ञासा राख्दा डिएसपी तिलक भारतीले देव परिवारमाथी परेको पीडा बारे वास्तविकता बुझेर आफ्नोतर्फबाट न्यायका लागि सक्दो पहल गर्ने बताएका छन् ।
आफूहरु केही महिना पहिले मात्र सरुवा भई सप्तरीको आएको र यो मुद्दा पुरानो भएका कारण बास्तविकता बुझ्नका लागि फायल अध्ययन गरिरहेको समेत उनले बताए ।
एकपछि अर्को सदस्य गुमाउँदा देव परिवारको कन्तविजोग
सारांश
- एकपछि अर्को गर्दै परिवारका तीन सदस्य गुमाउनु पर्दा बृद्ध देव उनका पत्नि आशादेवी र कान्छो छोरा चन्द्रनारायण देव न्यायका लागि भौतारिएका हुन् ।
- तर, अहिले सम्म देव परिवारले न्याय पाउन सकेका छैनन् ।
- आइतबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि देव परिवार न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया