परिष कर्ण
राजविराज, १५ साउन ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले शुक्रबार सद्भाव ¥याली निकालिएको छ ।
प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको ¥यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो । ¥यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’ जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
¥यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा देखिएका गतिविधिप्रति सचेत रहँदै समाजमा सद्भाव र शान्तिको सन्देश फैलाउने उद्देश्यले ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
¥यालीपछि आयोजित कार्यक्रमा सांसद साहले विभिन्न धार्मिक समुदायबीचको एकता नै नेपाली समाजको एकताको बलियो आधार भएकाले सबैलाई संयम र सहकार्य गरी अघि बढन आह्वान गरे ।
¥यालीमा प्रतिनिधिसभा सदस्य साह, पुर्व नगरप्रमुख हक संगै खडक नगरपालिका–६ का वडाध्यक्ष मो. कलामुद्दिन मियाँ, वडा नं. ९ का वडाध्यक्ष इजहारुल मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अयुव राइन लगायत जनप्रतिनिधि तथा स्थानीय ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
सारांश
- प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको ¥यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो ।
- ¥यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’ जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
- ¥यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
प्रतिक्रिया
० प्रतिक्रिया