सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
१९ पटक हेरिएको
Shares
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सारांश

  • राजविराज नगरपालिकाद्वारा शनिवार आयोजित कार्यक्रममा उनीहरुले समाजमा अशान्ति चाहने केही तत्वले धार्मिक र सामाजिक सद्भाव भडकाउने प्रयत्न गरिरहेको भन्दै त्यसतर्फ सबै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका हुन ।
  • केही दिन अघि सुनसरीमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न विवादपूर्ण घटनामा दुई जनाको ज्यान गएको र त्यसपछि सिरहाको गोलबजारमा समेत एक जनाको ज्यान गएको घटनाले सबैलाई दुखित र चिन्तित बनाएको उनीहरुको कथन छ ।
  • कार्यक्रमका प्रमुख अतिथि रहेकी प्रतिनिधि सभा सदस्य डा.
दैनिक समाचारदाता
राजविराज, १६ साउन । 
राजविराज÷समाजका अगुवाहरु, जनप्रतिनिधि, राजनीतिक दलहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
राजविराज नगरपालिकाद्वारा शनिवार आयोजित कार्यक्रममा उनीहरुले समाजमा अशान्ति चाहने केही तत्वले धार्मिक र सामाजिक सद्भाव भडकाउने प्रयत्न गरिरहेको भन्दै त्यसतर्फ सबै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका हुन ।
केही दिन अघि सुनसरीमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न विवादपूर्ण घटनामा दुई जनाको ज्यान गएको र त्यसपछि सिरहाको गोलबजारमा समेत एक जनाको ज्यान गएको घटनाले सबैलाई दुखित र चिन्तित बनाएको उनीहरुको कथन छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेकी प्रतिनिधि सभा सदस्य डा. अंकिता ठाकुरले यस्ता घटना पुनःनदोहोरिन दिन हामी सबै सचेत रहनु जरुरी रहेको भन्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिईन ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणले कसैले पनि राजनीतिक लाभका लागि वा आफ्नो स्वार्थपूर्तिका लागि साम्प्रदायिक दंगा फैलाउन नहुनेमा जोड दिदै सबै जिम्मेवार बनेर आपसी भाईचारा र मेलमिलाप कायम राख्नुपर्ने उल्लेख गरिन । उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरुद्धारा समाजमा अनेक थरीका अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक र आपसी सदभाव कायम राख्न सम्पूर्ण सरोकारवाला निकाय र व्यक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिईन ।
हिन्दू र मुस्लिमको धर्म तथा रितिरिवाज फरक भएपनि वर्षोदेखि उनीहरु बीचको मित्रताको डोरी उस्तै कसिलो रहेको भन्दै उनले सोही कारणले मित्रता एक अर्काको परिवारसम्म कस्सिएको बताइन ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जाती र धर्मको नाममा समाजमा एकआपसमा झैझगडा र विभाजन हुनु चिन्ताको विषय भएको भन्दै यसतर्फ सबै सचेत र जागरुक बन्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, एमालेका सचिव देवनाथ यादव, जसपा नेपालका अध्यक्ष केदार यादव, निर्माण व्यवसायि संघका पूर्व अध्यक्ष एनेश्वर दास, कानून व्यवसायी मो. समिम, मजदुर नेता केदार देव, सप्तरी युथका अध्यक्ष मोहन यादव, परिकल्पना नेपालका अध्यक्ष सुधा देव, बैश्य महासंघका उपाध्यक्ष उपेन्द्र साह, मुस्लिम समाजका तैयब अन्सारी, कमालउद्दिन अन्सारी, नुरुलहोदा अन्सारी, कलिम खाँ, मो. जियाउर रहमान, वडा अध्यक्ष जय नारायण मण्डल, वडा सदस्य विरेन्द्र साह लगायतले पनि बोल्दै फरक धर्म भएपनि पछिल्लो घटनाबाट पाठ सिक्दै मजबुत सम्बन्धलाई अझ प्रगाढ बनाउन आ आफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
मंसापुर र तिलाठी बिजयी 
मंसापुर र तिलाठी बिजयी 
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ