लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१० पटक हेरिएको
Shares
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सारांश

  • कार्यक्रममा देशभरबाट करिब २०० च्यानल पार्टनरहरूको सहभागितामा उक्त ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न भएको कम्पनीले जनाएको छ ।
  • हरेक वर्ष आयोजना हुने यस्ता कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजना बारे जानकारी आदान प्रदान गर्ने उद्देश्य राखेको थियो ।
  • कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशक भन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो ।
दैनिक समाचारदाता
काठमाडौं, १८ साउन ।
नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ ।
कार्यक्रममा देशभरबाट करिब २०० च्यानल पार्टनरहरूको सहभागितामा उक्त ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न भएको कम्पनीले जनाएको छ ।
हरेक वर्ष आयोजना हुने यस्ता कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजना बारे जानकारी आदान प्रदान गर्ने उद्देश्य राखेको थियो ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशक भन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो । सो क्रममा कम्पनीको विकास क्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीति बारे जानकारी गराइएको थियो ।
साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्ड मार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः दोहो¥याएको छ ।
डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादनगर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिट्मस एक्सिलेन्स अवार्ड सहितका विभिन्न विधामा पुरस्कार प्रदानगर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दै भने, “लिट्मसका लागि गुणस्तर केवल प्राथमिकता होइन, हाम्रो ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रति गरिएको प्रतिबद्धता हो । नेपालभर हाम्रो च्यानल पार्टनर नेटवर्कले हासिल गरेको उल्लेखनीय विस्तार प्रति हामी गौरवान्वित छौैं । डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ ।”
कम्पनीका अनुसार लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरू सँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ । ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवद्र्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएकोे छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । साथै, नेपालमा एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एक मात्र कम्पनीका रूपमा स्थापित छ । पाँच दशक भन्दा लामो उत्पादन अनुभवसहित कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक उत्पादन प्रविधि, निरन्तर नवप्रवर्तन तथा उच्च गुणस्तर मापदण्डलाई प्राथमिकतामा राख्दै कम्पनीले नेपालभर आफ्ना उत्पादनहरू उपलब्ध गराउनुका साथै क्षेत्रीय निर्यात बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै देशको औद्योगिक विकास र आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौ दिन पनि रिले अनसन जारि 
पाँचौ दिन पनि रिले अनसन जारि 
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द  (नामावली र भिडियोसहित सहित)
तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द (नामावली र भिडियोसहित सहित)
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
वार्षिकोत्सवमा रक्तदान 
वार्षिकोत्सवमा रक्तदान 
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा