अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
९८ पटक हेरिएको
Shares
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

सारांश

  • राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीद्वारा उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • बिरेन्द्र मण्डल मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाइएको हो ।
  • राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, विकास तिवारी, संविधानसभा सदस्य महेश प्रसाद यादव लगायतको अगुवाईमा बुझाइएको १५ बुंदे ज्ञापन पत्रमा अस्पताललाई ३ सय शैयाको रुपमा विस्तार गरिनुपर्ने, आवश्यक पुर्वाधार, उपकरण र जनशक्तीको व्यवस्था, विमा औषधीको अभावको अन्त्य, मुटु रोगीका लागी छुट्टै हर्टसेन्टरको व्यवस्था, बन्द अवस्थामा रहेको आईसियु भेन्टिलेटर, इन्डोस्कोपी, ओपीजी एक्सरे सेवा पुनःसंचालन लगायतका माग प्रमुखताका साथ उठाइएको छ ।
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालको सेवा सुधारका विभिन्न माँग अघि सार्दै मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ ।
राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीद्वारा उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र मण्डल मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाइएको हो ।
राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, विकास तिवारी, संविधानसभा सदस्य महेश प्रसाद यादव लगायतको अगुवाईमा बुझाइएको १५ बुंदे ज्ञापन पत्रमा अस्पताललाई ३ सय शैयाको रुपमा विस्तार गरिनुपर्ने, आवश्यक पुर्वाधार, उपकरण र जनशक्तीको व्यवस्था, विमा औषधीको अभावको अन्त्य, मुटु रोगीका लागी छुट्टै हर्टसेन्टरको व्यवस्था, बन्द अवस्थामा रहेको आईसियु भेन्टिलेटर, इन्डोस्कोपी, ओपीजी एक्सरे सेवा पुनःसंचालन लगायतका माग प्रमुखताका साथ उठाइएको छ ।
यस्तै नर्सिंङ कलेजको यथासिघ्र संचालन, युरोलोजिस्ट सहित आवश्यक विशेषज्ञको व्यवस्था, चिकित्सकहरुका लागी उचित आवासको व्यवस्था, मनपरी ढंगले गरिएको नियुक्ती खारेजी, शवगृहको व्यवस्था लगायतका १५ बुंदे माँग ज्ञापन पत्र मार्फत अघि सारिएको छ ।
ज्ञापनपत्र बुझ्दै मेसु मण्डलले उक्त ज्ञापनपत्र तत्कालै सम्बन्धित मन्त्रालय पठाई माग सम्बोधनका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
ईबेबाट किनेको सस्तो टी–सर्टमा देखिइन् जेन्डाया
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली