रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
३६ पटक हेरिएको
Shares
रोजगारीका लागि भारत गएका मिश्रा १३ वर्षदेखी वेपत्ता

सारांश

  • रोजगारीका लागि भारतको राजधानी नयाँ दिल्लीमा एक कारखानामा काम गर्न गएका उनी १३ वर्षदेखी परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि पहल गरिदिन परिवारजनले सबैमा अपिल गरेको छ ।
  • उनी १८ वर्ष कै उमेर हुँदा रोजगारीका लागि भारतको दिल्ली पुगेका थिए ।
  • लामो समयदेखी छोरा सँग सम्पर्क नहुँदा परिवार निकै पीडामा छन् ।
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
रोजगारीका लागि १३ वर्ष अघि भारत गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का अमरिश मिश्रा सम्पर्कबिहीन छन् ।
रोजगारीका लागि भारतको राजधानी नयाँ दिल्लीमा एक कारखानामा काम गर्न गएका उनी १३ वर्षदेखी परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि पहल गरिदिन परिवारजनले सबैमा अपिल गरेको छ ।
उनी १८ वर्ष कै उमेर हुँदा रोजगारीका लागि भारतको दिल्ली पुगेका थिए । लामो समयदेखी छोरा सँग सम्पर्क नहुँदा परिवार निकै पीडामा छन् । आफ्ना छोराको खोजी कार्यमा सघाउन बृद्ध बुबा अमोल, आमा रेखा र भाई निकुन्जले सबैमा अपिल गरेका हुन् ।
उनलाई कुनै पनि ठाउँमा देख्नेले जानकारी गराईदिन पनि परिवारजनले अपिल गरेका छन् । भाई निकुन्जका अनुसार दिल्लीस्थित कारखानामा काम गर्न १३ वर्ष अघि दोश्रो पटक अमरिश पुगेका थिए । यस भन्दा अघि उनी सोही कारखानामा दुई वर्ष जति काम गरेर फर्किएका थिए । दोश्रो पटक दिल्ली जाँदा “उक्त कारखानामा साहुजीसँग ३०÷४० हजार रुँपैया लिन बाँकी छ, सो रकम लिएपछी केही दिन उतै बसेर फर्किन्छु, भन्दै घरबाट हिडेका दाजु अमरिश अहिलेसम्म फर्केका छैनन्” उनले भने ।
उनले दाजु अमरिश बारे उक्त कारखानाका संचालकसँग जिज्ञासा राख्दा “आफ्नो कारखानामा काम छाडेको र त्यसपछी कहाँ गयो भन्ने कुरा केही थाहा नभएको” भनी जवाफ फर्काएको सुनाए ।
मिश्राको परिवार, आफन्त र साथीभाई समेत फोटो बोकेर सम्भावित स्थानहरुमा खोजीमा जुटेका छन् । बैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेका अमरिशको अवस्था पत्ता लगाउन त्यहास्थित नेपाली दुतावासले पनि कुनै सहयोग नगरेको परिवारजनको गुनासो छ ।
परिवारले नेपाल प्रहरी तथा भारतको वेपत्ता खोजतलास केन्द्रलाई समेत अमरिशको खोजी  कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?