घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र १८, २०८३
|
|
१६८ पटक हेरिएको
Shares
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

सारांश

  • नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार काठमाडौ, राजविराज नगरपालिका, कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी समेतलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण मुद्दामा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलाशले बिहीबार उक्त आदेश जारि गरेको हो ।
  • जारि आदेशमा “सुविधा सन्तुलनका दृष्टिकोणले घर भत्काउने कार्य यथास्थितिमा राख्ख उपयुक्त हुने देखिदा अन्तरिम आदेश छलफलबाट टुंगो नलागेसम्म निवेदनमा उल्लिखित घर टहरा नभत्काउनु÷भत्काउन नलगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।
  • ” उल्लेख छ ।
दैनिक समाचारदाता
राजविराज, १८ भदौ । 
सर्वोच्च अदालतले राजविराज वडा नं. ६ निवासी उज्जवल झाको घर भत्काउने कार्य यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारि गरेको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार काठमाडौ, राजविराज नगरपालिका, कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी समेतलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण मुद्दामा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलाशले बिहीबार उक्त आदेश जारि गरेको हो ।
जारि आदेशमा “सुविधा सन्तुलनका दृष्टिकोणले घर भत्काउने कार्य यथास्थितिमा राख्ख उपयुक्त हुने देखिदा अन्तरिम आदेश छलफलबाट टुंगो नलागेसम्म निवेदनमा उल्लिखित घर टहरा नभत्काउनु÷भत्काउन नलगाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।” उल्लेख छ ।
निवेदक झाको तर्फबाट बरिष्ठ विद्वान अधिवक्तात्रय विपुलेन्द्र चक्रवर्ती, रामचन्द्र सुवेदी र डा. विजय प्रसाद मिश्र तथा विद्वान अधिवक्ताहरु भरत लम्साल, महेश्वर प्रसाद चौधरी, किरण चौधरी र आशिष कुमार शाहले बहस गरेका थिए ।
यसअघि राजविराज नगरपालिकाले भदौं १५ गते एक सूचना जारि गरि भदौं १९ गते भित्र उक्त जग्गा खाली गराउन सूचना जारी गरेको थियो । यसअघि भदौ ११ गते उच्च अदालत जनकपुर राजविराजबाट दोस्रो पटक अन्तरिम आदेश दिनु नपर्ने आदेशका आधारमा नगरपालिकाले उक्त सूचना जारि गरेको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरी राजविराजको राजविराज नगरपालिका साविक वडा नं. ७ हाल राजविराज नगरपालिका वडा नं. ६ अन्तर्गत कित्ता नम्बर ९० क्षेत्रफल ०–६–६ (छ कठा छ धुर) जग्गा मध्ये स्वामितव भित्रकै दक्षिण तर्फ जग्गा ०–२–१४ क्षेत्रफल जग्गामा राजविराज नगरपालिका वडा नं. ७ हाल वडा नं. ६ का जगदिश झा को छोरा उज्वल झा लगायत व्यक्तिहरु अतिक्रमण गरी बसेको सूचनामा जिकिर गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत

छुटाउनुभयो कि ?