आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
४५ पटक हेरिएको
Shares
आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

सारांश

  • काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा बिहीबार विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई उक्त फायलहरु हस्तान्तरण गरेका हुन् ।
  • फायल प्रदेशमा आएपछि अब एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित दर्ता, नवीकरणलगायतका कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुने प्राधिकरणले जनाएको छ ।
  • फायल बुझेपछि प्राधिकरणका अध्यक्ष खड्गाले मधेश प्रदेशका एफएम रेडियो तथा टेलिभिजन सञ्चालकहरुले अब उपरान्त रेडियोको दर्ता तथा नवीकरणलगायतका सामान्य कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताउँदै यस्ता काम अब जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणको कार्यालयबाटै हुने जनाए ।
दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
सूचना तथा प्रसारण विभागले मधेश प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी फायलहरु आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ ।
काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा बिहीबार विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई उक्त फायलहरु हस्तान्तरण गरेका हुन् ।
फायल प्रदेशमा आएपछि अब एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित दर्ता, नवीकरणलगायतका कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुने प्राधिकरणले जनाएको छ ।
फायल बुझेपछि प्राधिकरणका अध्यक्ष खड्गाले मधेश प्रदेशका एफएम रेडियो तथा टेलिभिजन सञ्चालकहरुले अब उपरान्त रेडियोको दर्ता तथा नवीकरणलगायतका सामान्य कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताउँदै यस्ता काम अब जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणको कार्यालयबाटै हुने जनाए ।
अध्यक्ष खड्गाले यसबाट सञ्चार क्षेत्रका सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुनुका साथै मधेश प्रदेश सरकारको राजस्व संकलनमा समेत योगदान पुग्ने बताए ।
‘यस कार्यले मधेश प्रदेश सरकारलाई राजस्व उपलब्ध गराउने कार्यालयमध्ये आमसञ्चार प्राधिकरणलाई अग्रणी स्थानमा पु¥याउनेछ,’ उनले भने, ‘प्राधिकरणको पछिल्लो कार्यलाई ठूलो उपलब्धिका रूपमा लिएको छु ।’
आमसञ्चार प्राधिकरणमा एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित दर्ता, नवीकरणलगायतबाट संकलन हुने राजश्वले मधेश प्रदेशका संचारक्षेत्रलाई सबल बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
हाल मधेश प्रदेश सरकारलाई घरेलु तथा साना उद्योग कार्यालय, यातायात कार्यालयपछी आमसञ्चार प्राधिकरणले राजश्व प्रदान गर्ने भएको छ ।
नेपालको संविधान तथा मधेश प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था गरेको भए पनि आवश्यक फायल केन्द्रबाट प्रदेशमा नआउँदा कार्यान्वयनमा समस्या हुँदै आएको अध्यक्ष खड्गाको भनाइ छ ।
अध्यक्ष खड्गाका अनुसार विगत सात वर्षदेखि सूचना तथा प्रसारण विभागमा रहेका ती फायल प्रदेशमा ल्याउने प्रयास हुन सकेको थिएन । त्यसका कारण सञ्चार संस्था सञ्चालकहरू प्रदेशबाटै पाउनुपर्ने सेवाबाट वञ्चित हुँदै आएका थिए ।
अध्यक्ष खड्गाले आफूले जिम्मेवारी सम्हालेकै दिनदेखि रेडियो तथा टेलिभिजनका फायल प्रदेशमा ल्याउने विषयमा निरन्तर पहल गर्दै आएको बताए । फायल हस्तान्तरणका क्रममा देखिएको कानुनी जटिलता समाधान गर्न मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको महत्वपूर्ण सहयोग रहेको उनले बताए । तत्कालीन गृहसचिव गणेश नायकको समेत सहयोगले फाइल प्राधिकरणमा ल्याउन सफल भएको खड्गाको भनाइ छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ