“सामुहिक गिरफ्तार गर” नारासहित पत्रकारहरुको धर्ना

दैनिक समाचारदाता दैनिक समाचारदाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
१३ पटक हेरिएको
Shares
“सामुहिक गिरफ्तार गर” नारासहित पत्रकारहरुको धर्ना

सारांश

  • नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा बुधवार सदरमुकाम राजविराजस्थित जिप्रका सप्तरीमा एक घण्टा धर्ना दिएका हुन् ।
  • “सामुहिक गिरफ्तार गर” तथा प्रेस स्वतन्त्रताको पक्षमा लेखिएको विभिन्न नारा सहितको ब्यानर लिएर पत्रकारहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको मूलगेट मै एक घण्टा धर्ना बसे ।
  • पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले देशै भरका पत्रकारहरुले आन्दोलन थालेको जानकारी दिदै संचारगृहलाई प्रदान गर्दै आएको लोक कल्याणकारि विज्ञापन वापतको रकम कटौती गरेको, संसदलाई छलेर अध्यादेश मार्फत प्रेस विरोधी गतिबीधी गर्ने गरेको, संचारकर्मीको मुख थुन्ने काम गरेको, प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता खोस्ने लगायतका काम हुदै आएकाले विरोधमा उत्रिनु परेको जनाए ।
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
प्रेस स्वतन्त्रता जोगाउन तथा प्रेसप्रति सकारकारको अनुदार व्यवहार बन्द गर्न लगायतका मागसहित सप्तरीका पत्रकारहरु प्रर्दशनसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा बुधवार सदरमुकाम राजविराजस्थित जिप्रका सप्तरीमा एक घण्टा धर्ना दिएका हुन् ।
“सामुहिक गिरफ्तार गर” तथा प्रेस स्वतन्त्रताको पक्षमा लेखिएको विभिन्न नारा सहितको ब्यानर लिएर पत्रकारहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको मूलगेट मै एक घण्टा धर्ना बसे ।
पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले देशै भरका पत्रकारहरुले आन्दोलन थालेको जानकारी दिदै संचारगृहलाई प्रदान गर्दै आएको लोक कल्याणकारि विज्ञापन वापतको रकम कटौती गरेको, संसदलाई छलेर अध्यादेश मार्फत प्रेस विरोधी गतिबीधी गर्ने गरेको, संचारकर्मीको मुख थुन्ने काम गरेको, प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता खोस्ने लगायतका काम हुदै आएकाले विरोधमा उत्रिनु परेको जनाए ।
प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप, पत्रकार घडपकड, श्रमजीवी पत्रकारको निस्काशन लगायतका विरोधमा आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापती, विभिन्न संचारमाध्यमका प्रकाशक÷ सम्पादक, प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्च लगायत आबद्ध पत्रकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?