दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सप्तरीमा ९ महिनाको अवधिमा एकहजार भन्दा बढीको संख्यामा मतदाता थपिएको छ । गत बर्षको प्रतिनिधिसभा निर्वाचनका लागि कायम रहेको मतदातामा एक हजार २६ जना थपिएको हो ।
पछिल्लो पटक फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ४ लाख ४६ हजार ४ सय २ मतदाता कायम रहेको थियो । जस मध्ये पुरुष २ लाख ३३ हजार ९६, महिला २ लाख १३ हजार २ सय ८३ र अन्य २३ जना मतदाता रहेका थिए । यो ९ महिनाको अवधीमा १ हजार २६ मतदाता थपिएर अहिले ४ लाख ४७ हजार ४ सय २८ मतदाता पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार पुरुष २ लाख ३४ हजार १६, महिला २ लाख १३ हजार ३ सय ९० तथा अन्य २२ गरि कुल ४ लाख ४७ हजार ४ सय २८ मतदाता कायम रहेका छन् ।
यसरी गत निर्वाचनको समयमा रहेका मतदाताको संख्यामा ९ महिनाको अवधीमा पुरुष मतदाता ९ सय २० र महिला मतदाता १ सय ७ थपिएको छ भने विगतको तुलनामा अन्य मतदाता भने एक जना घटेको छ ।
यसरी नै जिल्ला निर्वाचन कार्यालय सप्तरीले १८ वटै स्थानीय तहको मतदाता विवरण आफ्नो वेबसाइटमार्फत पनि सार्वजनिक गरेको छ ।
जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिकामा रहेका मतदाताको संख्या पालिकागत रूपमा छुट्टाछुट्टै उल्लेख गरिएको छ । पालिकागत विवरणअनुसार राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता कायम रहेको छ ।
त्यस्तै कञ्चनरूप नगरपालिकामा ३७ हजार ८ सय ६४, सुरुङ्गा नगरपालिकामा ३२ हजार २ सय ३९, हनुमाननगर कंकालिनी नगरपालिकामा ३० हजार ५ सय ३१, डाक्नेश्वरी नगरपालिकामा ३० हजार ३ सय ९६, बोदेबरसाइन नगरपालिकामा ३० हजार ३ सय ७, शम्भुनाथ नगरपालिकामा २५ हजार ५२, सप्तकोशी नगरपालिकामा १५ हजार ८ सय ८८ र खडक नगरपालिकामा ३३ हजार ८४ मतदाता रहेका छन् ।
त्यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २० हजार १२, रुपनी गाउँपालिकामा १९ हजार ७ सय १, छिन्नमस्ता गाउँपालिकामा १९ हजार ८ सय ९६, तिलाठी कोइलाडी गाउँपालिकामा २१ हजार ६ सय ३८, महादेवा गाउँपालिकामा १८ हजार ७ सय ९१, विष्णुपुर गाउँपालिकामा १६ हजार ६ सय ९१, बलानबिहुल गाउँपालिकामा १५ हजार ४ सय ७८, तिरहुत गाउँपालिकामा १५ हजार २ सय ८६ र राजगढ गाउँपालिकामा १९ हजार ५ सय ८४ मतदाता रहेको विवरणमा उल्लेख छ ।
विवरणमा अघिल्लो तथ्यांकसँगको तुलनात्मक अवस्था तथा मतदाता संख्यामा भएको वृद्धि र परिवर्तनसम्बन्धी तथ्यांकसमेत समावेश गरिएको छ ।
जिल्लाका सबै १८ स्थानीय तहको मतदाता विवरण सार्वजनिक भएसँगै पालिकागत रूपमा मतदाताको अवस्था र संख्यात्मक अन्तरसमेत स्पष्ट भएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया