दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
आरआईडिपीको योजना अन्तरगत राजबिराज नगरपालिका भित्रका १५ किलो ६० मिटर सडक कालो पत्रे हुने भएको छ । सो निर्माणका लागि अनुमानित ३० करोड रकम छुट्याईएको आरआईडिपीका ईन्जिनियर दिलिप रायले जानकारी दिएका छन् ।
सडक बिभाग, जिल्ला प्रशासन कार्यालय तथा राजबिराज नगरपालिका बिच भएको सहमति अनुसार नगरको नयाँ तथा पुराना योजना गरी १३ किलो ९ मिटर सडकको कालो पत्रेका लागि डिपिआर समेत तयार भई कार्य सुरू हुने तरखरमा रहेको छ ।
स्वीकृत भई डिपिआर तयार भएर राजबिराजको तेतरी गाछीदेखि राजदेबी चौक जोड्ने सडकको ७ सय ५० मिटर, पानी टंकीदेखी मदन नगर सम्मको ४ सय ४० मिटर, पानी टंकीदेखि ओम शान्ती मार्ग रूपनी सडक जोड्ने २ सय ७४ मिटर बाटोमा कालो पत्रे गर्ने रिपका ईन्जिनियर बिजय यादबले जानकारी दिएका छन् ।
रिपको कार्ययोजना अनुसार राजबिराजको नेता चौकदेखि राममन्दिर सम्मको २ सय १० मिटर, कुनौली सडक खण्डदेखि तेतरी गाछी सम्मको ७ सय ४१ मिटरको सडकमा नयाँ कालोपत्रे गरिने भएको छ ।
यसैगरी राजबिराज १ चनौरा, लौरी चौकीदेखि झल्ही सम्मको ७ सय ९५ मिटर, राजबिराज पानी टंकीदेखि मदन नगर २ सय ८ मिटर र मदन नगर देखी बिषहरीया जाने वाटो ८ सय ६४ मिटर वाटोमा कालो पत्रे गरिने ईन्जिनियर यादवले बताउँदै राजबिराज नगरपालिका भित्र कालो पत्रे गर्ने योजनाहरू दुई बर्ष भित्र सम्पन्न गरिने जानकारी समेत दिए ।
यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सोमबार सिरहा रोड सडकदेखि खर्साल टोल हुँदै परसाही जोड्ने बाटोको शिलान्यास गरेका छन् ।
राजबिराज वडा नं. ७ स्थित सिरहा रोड सडक खण्डदेखि उत्तर खर्साल टोल हुँदै परसाही जोड्ने १ किलो ३० मिटर बाटोमा कालो पत्र निर्माणका लागि उनले शिलान्यास गरेका हुन् ।
सडक बिभागको आरआईडिपी, बर्दिवास र राजबिराजको पहलमा राजबिराज नगरपालिकाको ७ किलो मिटर बाटोमा कालो पत्रे सडक निर्माण कार्य हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, ७ नं. वडाका अध्यक्ष माँगीलाल नाई, ६ नं. वडाका अध्यक्ष प्रेम कुमार यादब, २ नं. वडाका अध्यक्ष संजय कुमार यादब, १ नं. वडाका अध्यक्ष चन्द्रशेखर चौधरी, ८ नं. वडाका अध्यक्ष जयनाराण मण्डल ई. बिजय यादब, दिलिप राय लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
राजविराज नगरपालिकाभित्र १५ किलो ६० मिटर बाटो कालोपत्रे हुँदै
सारांश
- सडक बिभाग, जिल्ला प्रशासन कार्यालय तथा राजबिराज नगरपालिका बिच भएको सहमति अनुसार नगरको नयाँ तथा पुराना योजना गरी १३ किलो ९ मिटर सडकको कालो पत्रेका लागि डिपिआर समेत तयार भई कार्य सुरू हुने तरखरमा रहेको छ ।
- स्वीकृत भई डिपिआर तयार भएर राजबिराजको तेतरी गाछीदेखि राजदेबी चौक जोड्ने सडकको ७ सय ५० मिटर, पानी टंकीदेखी मदन नगर सम्मको ४ सय ४० मिटर, पानी टंकीदेखि ओम शान्ती मार्ग रूपनी सडक जोड्ने २ सय ७४ मिटर बाटोमा कालो पत्रे गर्ने रिपका ईन्जिनियर बिजय यादबले जानकारी दिएका छन् ।
- रिपको कार्ययोजना अनुसार राजबिराजको नेता चौकदेखि राममन्दिर सम्मको २ सय १० मिटर, कुनौली सडक खण्डदेखि तेतरी गाछी सम्मको ७ सय ४१ मिटरको सडकमा नयाँ कालोपत्रे गरिने भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया