अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित

राजविराज राजविराज
|
बिहिबार, मंसिर ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित

सारांश

  •     विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र अभिभावक मिलेर दुई दिनदेखी विद्यालय प्रवेशद्वार नजिकै गरिएको तालाबन्दी र रिले अनशनका कारण विद्यार्थीको पढाई समेत प्रभावित भएको छ ।
  •       विद्यालय व्यवस्थापन समितिका जेठा सदस्य राम नारायण यादवको अगुवाईमा प्रअ कक्ष, लेखा र अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी अनिश्चितकालिन अनशन सुरु गरिएको हो ।
  •       विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादव र अध्यक्ष चितरंजन यादवसहित चारजना बाहेक नौं सदस्य समितिका बाँकी सदस्य आफुहरुले अघि सारेको मागको समर्थनमा रहेको विद्यालय व्यबस्थापन समितिका सदस्य यादवले दाबी गरे ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले अनियमितता गरेको आरोप लगाउँदै व्यवस्थापन समितिकै केही सदस्यहरुले तालाबन्दी गरी रिले अनशन सुरु गरेका छन् । 
    विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र अभिभावक मिलेर दुई दिनदेखी विद्यालय प्रवेशद्वार नजिकै गरिएको तालाबन्दी र रिले अनशनका कारण विद्यार्थीको पढाई समेत प्रभावित भएको छ । 
    विद्यालय व्यवस्थापन समितिका जेठा सदस्य राम नारायण यादवको अगुवाईमा प्रअ कक्ष, लेखा र अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी अनिश्चितकालिन अनशन सुरु गरिएको हो । 
    विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादव र अध्यक्ष चितरंजन यादवसहित चारजना बाहेक नौं सदस्य समितिका बाँकी सदस्य आफुहरुले अघि सारेको मागको समर्थनमा रहेको विद्यालय व्यबस्थापन समितिका सदस्य यादवले दाबी गरे । 
    उनीहरुले प्रअ यादवले विद्यालयमा आर्थिक अनियमितता गरेको मनोमानी ढंगले काम गरेको र व्यवस्थापन समितिका अध्यक्ष चितरंजनले पनि मौन समर्थन जनाईरहेको आरोप लगाएका छन् । यता उनीहरले माग पुरा नभएसम्म तालाबन्दी र रिले अनशन कुनै पनि हालतमा नरोकिने अडान लिएका छन् ।
    विद्यालयको बेथिती र अनियमितता बारे जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालय तथा विष्णुपुर गाउँपालिका कार्यालयमा समेत उजुरी गर्दा छानबिन गर्न ढिलाई गरेकोले बाध्य भई आन्दोनलमा उत्रिनु परेको विद्यालय सदस्य यादवको भनाई छ । 
    अनशनकारीले आर्थिक वर्ष २०७२÷०७३ देखि हाल सम्मको पटक–पटक आय व्यय सार्वजनिक गर्न माग गर्दा पनि प्रअ यादवले आलटाल गर्दै आएको आरोप लगाएका छन् । त्यस्तै सामाजिक लेखा समितिले वेरुजु देखाएका १ करोड ८१ लाख रुपैया अबिलम्ब फर्छयोट गर्नुपर्ने, अभिभावक भेला बोलाउनु पर्ने, शिक्षक छनोट समितिको कार्यविधि पारदर्शी गर्नुपर्ने र विद्यालय व्यवस्थापन समितिको बहुमत सदस्यहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । 
    यता विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादवले गत कार्तिक २० गते विज्ञापन गरी भर्ना गरिएको प्रावि राहत शिक्षकमा आफनो मान्छे नपर्दा एक स्थानियले केही व्यक्तिलाई उक्साएर विद्यालयमा तालाबन्दी र अराजकता फैलाएको बताएका छन् ।
    उनले शिक्षक भर्नामा आफन्त नपरेपछि रिसमा यस्तो नाटक रचिएको र आफु विद्यालय जाँदा गालीगलौज समेत गर्ने गरेकाले विगत १५ दिनदेखि विद्यालय जान नसकेको अवस्था रहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
दुई हजार ७ सय ९४ जना मिटरब्याज  पीडितहरुबाट प्रहरीमा उजुरी
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग