एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना

राजविराज राजविराज
|
बुधबार, पौष ९, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना

सारांश

  •     इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक स्थितीसूचक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
  •       इन्सेक प्रतिनिधि मनोहर पोखरेलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा यस अवधीमा राज्यबाट १, अज्ञात व्यक्तिबाट ६, आफन्तबाट १३ र साथीहरुबाट दुई जना गरि २२ जनाको हत्या भएको उल्लेख छ ।
  •       यस अवधीमा गोली प्रहारका २, बम विस्फोटका १, अपहरणका १, गर्भपतनका १ र बालबिवाहको १ घटना भएको प्रस्तुत प्रतिवेदनले देखाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    इन्सेक सप्तरीले जिल्लामा एक वर्षको अवधीमा २२ जनाको हत्या भएको तथ्याङ्क मंगलबार सार्वजनिक गरेको छ । 
    इन्सेक सप्तरीले राजविराजमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक स्थितीसूचक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो । 
    इन्सेक प्रतिनिधि मनोहर पोखरेलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा यस अवधीमा राज्यबाट १, अज्ञात व्यक्तिबाट ६, आफन्तबाट १३ र साथीहरुबाट दुई जना गरि २२ जनाको हत्या भएको उल्लेख छ । 
    यस अवधीमा गोली प्रहारका २, बम विस्फोटका १, अपहरणका १, गर्भपतनका १ र बालबिवाहको १ घटना भएको प्रस्तुत प्रतिवेदनले देखाएको छ । त्यस्तै सोही अवधीमा बलात्कारका ३२, बलात्कार प्रयासका ३, बालयौन दुरव्यबहारका ४ र बालबालिका अपहरणका ६ घटना भएका छन् । 
    इन्सेकले जिल्लामा घटेका ३३ वटा गम्भिर खालका घरेलु हिंसाका घटना समेत प्रतिवेदनमा उल्लेख गर्दै विशेष गरि विवाह दर्ता, जन्म दर्ता, नागरिकता, दाइजो, चरित्रहीन, बहुविवाहलगायतका कारणले घरेलु हिंसा बढेको जनाएको छ ।
    इन्सेक सप्तरीका अनुसार सन् २०१९ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा एक सय ६३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । 
    बालबालिका अपहरणका ६ घटनामा पाँच बालिका र एक बालक पीडित भए भने ११ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन्, तीन जना फरार छन्, एक जना धरौटीमा रिहा भए भने एक जना बालसुधार गृहमा छन् । बालबालिका विरुद्धको कसूरको एउटा घटनामा एक जना धरौटीमा र बाल दुरुपयोगको एक घटनामा चार जनाले सफाई पाएको उल्लेख छ । 
    कार्यक्रममा जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले घटनाहरुको उल्लेखका साथै इन्सेकले न्यूनिकरणका उपायबारे सुझाव समेत प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । मानवअधिकारको क्षेत्रलाई  व्यापक बनाउनु पर्ने भन्दै उनले घटना जे हो त्यही ल्याउने काम सबैले गरेमा मात्र न्याय हुने बताए ।
    तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वैदेशिक रोजगारले घरबार बिग्रिनुका साथै हिंसा बढेकोले अध्ययन अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।
    त्यस्तै डिएसपी तिलक भारतीले सरोकारवालाबीच हुने समीक्षाले अवस्था छर्लङ्ग भई निचोड निकाल्न सहज हुने भन्नु हुँदै कतिपय घटनाको अनुसन्धान चाँडै हुने भएपनि कतिपय घटनाको गहिराइमा पुग्न समय लाग्ने गरेको बताए ।
    नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रेस्तेदार दिलकुमार वर्देवा, गणपति गुप्तबहादुर कुँवर, सशस्त्र एसपी उद्धव न्यौपाने, कारागार प्रमुख सत्यनारायण यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष रमानन्द साह, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, मानवअधिकार निगरानी समूह राजविराजका अध्यक्ष रघुवर साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, ज्येष्ठ नागरिक संघका प्रदेश अध्यक्ष शंकर शारदा, जिल्ला कानुनी सहायता अधिकृत रामप्रसाद गौतम, ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडा, सगरमाथा कल्याण संघका अध्यक्ष बलदेव मण्डल, निलहिरा समाजका रामप्रसाद चौधरी, कानुन व्यवासायीहरु मनु खनाल, रञ्जिता रिजाल, प्रतिभा देव, पत्रकार हेकशंकर सिंह, राजु जयसवाललगायत अधिवक्ता, सञ्चारकर्मी, अधिकारकर्मीहरुले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
ग्लोबल २१ औं वर्षमा प्रवेश
ग्लोबल २१ औं वर्षमा प्रवेश
दुइ दिनका लागि शैक्षिक संस्था बन्द
दुइ दिनका लागि शैक्षिक संस्था बन्द
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने