प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित

राजविराज राजविराज
|
आइतबार, पौष १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •     प्रमुख प्रशासकिय अधिकृत सिंहको जिम्मेवारी सम्हालेको झण्डै ६ महिना पुग्दा ५ महिना अनुपस्थित रहेका छन् ।
  • जसकारण नगरपालिकाको दैनिकी कामकाज र सेवा प्रभावित बनेको हो ।
  •       गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कुमार सिंह महिनौ दिनदेखी अनुपस्थित रहँदा कार्यपालिकाको सेवा र काम प्रभावित बनेको छ । 
    प्रमुख प्रशासकिय अधिकृत सिंहको जिम्मेवारी सम्हालेको झण्डै ६ महिना पुग्दा ५ महिना अनुपस्थित रहेका छन् । जसकारण नगरपालिकाको दैनिकी कामकाज र सेवा प्रभावित बनेको हो । 
    गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ । साउन, भदौ र असोज महिनामा समेत अधिकांश दिन उनी कार्यालय आएनन् । उनी कार्तिक र मंसिर महिनामा एक दिन पनि कार्यालय आएनन् भने पुस महिनाको १३ गतेसम्म पनि उनी कार्यालयमा उपस्थिति भएका छैनन् ।
    नगरप्रमुख शम्भुप्रसाद यादवले लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा आर्थिक कारोबार तथा विकास लगायतका काम कार्यवाहीमा समस्या भएको स्वीकारे । प्रमुख प्रशासकिय अधिकृत सिंह लामो समय अनुपस्थित रहने गरेकाले समस्या भएको भन्दै तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र हाल जिम्मेवारी सम्हालनु भएका हृदेश त्रिपाठी सम्मलाई जानकारी गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको नगरप्रमुख यादवको भनाई छ । 
    लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित रहँदा नक्सा पास, आर्थिक कारोबार, योजना छनोट, सामाजिक सुरक्षा भत्ता, टेन्डर प्रकृया लगायतका कामका साथै कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ । 
    यता दुई महिनादेखि तलब खान नपाएको सुनाउँदै एक कर्मचारीले भने, “हाकिम आउदैनन् मोबाईल सम्पर्क गर्दा जहिले पनि २–४ दिनमा आउछु मात्र भन्छन् ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन 
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सउबा संघको अध्यक्षको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
युटुवर बिक्कि सिंह पक्राउ
युटुवर बिक्कि सिंह पक्राउ
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता
स्ववियु निर्वाचनका लागि नेवि संघको दुई समूहसहित १० दल तथा समूह दर्ता