दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विगत १५ दिनदेखी जारि धर्ना कार्यक्रम मंगलबारदेखी स्थगन भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन ।
सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।
गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो । यसअघि ती माँग मध्ये गत बिहीबार धर्ना कार्यक्रमकै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको थियो ।
विभिन्न १४ बुँदे माग राखेर गत पुस १५ गतेदेखी नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिले बिहान १० बजेदेखी १ बजेसम्म धर्ना दिँदै आएको थियो ।
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित
सारांश
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण र सम्पूर्ण वडा अध्यक्षहरुले माघ १० गतेसम्म आन्दोलनरत पक्षहरुको १४ बुँदे माँग पुरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सो धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका संघर्ष समितिका संयोजक बिनोद यादवले जानकारी दिएका छन ।
- सोमबार गाउँपालिकाको कार्यालयमा भएको वार्तामा ती माँगहरु बारे प्रमुख प्रशासकीय अधिृकत र वडा अध्यक्ष तथा सदस्यहरुले लिखित प्रतिबद्धता जनाए पनि सो क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थ्तिि भने थिएन् ।
- गाउँ परिषद् अविलम्ब गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामहरुको भुक्तानी हुनुपर्ने तथा विभिन्न अनियमितताको छानबिन हुनुपर्ने लगायतका १४ बुँदे माँग सार्दै संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया