मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह

राजविराज राजविराज
|
सोमबार, माघ ६, २०७६
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  •     काँग्रेसका उम्मेदवार भोला पंजियारले आफू बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन खारेजीको माँग गर्दै उजुरी दिएपछि सिंहको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
  •       उम्मेदवार सिंहले प्रतिष्पर्धी पंजियार आफ्नो हार निश्चित देखेपछि मतदातालाई भ्रममा पार्न झुठा आरोपसहित उजुरी दिएको स्पष्ट पारेका छन् ।
  •       सप्तरी जिल्ला अदालतबाट तोकेको सजाय भुक्तान नगरि फरार रहेको सिंहको मनोनयन खारेज गर्नु पर्ने भन्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    प्रदेश २ बाट राष्ट्रिय सभा सदस्य पदका लागि राजपाका तर्फबाट अल्पसंख्यक समूहमा उम्मेदवारी दर्ता गराएका शेखर सिंहले मतदातालाई भ्रममा पार्न निर्वाचन अधिकृतको कार्यालयमा झुठा उजुरी दिएको बताएका छन् । 
    काँग्रेसका उम्मेदवार भोला पंजियारले आफू बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन खारेजीको माँग गर्दै उजुरी दिएपछि सिंहको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । 
    उम्मेदवार सिंहले प्रतिष्पर्धी पंजियार आफ्नो हार निश्चित देखेपछि मतदातालाई भ्रममा पार्न झुठा आरोपसहित उजुरी दिएको स्पष्ट पारेका छन् । 
    सप्तरी जिल्ला अदालतबाट तोकेको सजाय भुक्तान नगरि फरार रहेको सिंहको मनोनयन खारेज गर्नु पर्ने भन्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । 
    उजुरीमा २०४४ साल असार ३० मा कुटपिट अंगभंग मुद्दामा सिंहलाई २ वर्ष कैद जरिवाना हुने फैसला गरेपनि सिंहले सोको अवज्ञा गर्दै आएको तथा राष्ट्रिय सभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएकाले मनोनयन खारेज गर्नु पर्ने माँग गरिएको छ । 
    प्रमाणका रुपमा उनले सप्तरी जिल्ला अदालत तहसिल फाँटद्वारा २०५४ साल जेष्ठ १५ गते तत्कालिन पुनरावेदन अदालत राजविराजलाई पठाएको जवाफ पत्र सार्वजनिक गरेका छन् । सप्तरी जिल्ला अदालत तहसिल फाँटद्वारा पुनरावेदन अदालत राजविराजलाई पठाइएको सो जवाफ पत्रमा, “यस अदालतको २०५४ जेष्ठ १५ को निर्णयले वादी देवनारायण चौधरी र प्रतिवादी शेखर प्रसाद सिंह भएको कुटपिट मुद्दामा यस अदालतमा कसिएको लगत कट्टा भएको उल्लेख गरिएको छ । 
    यसरी सम्मानित अदालतबाट लगत कट्टा भइसकेको मुद्दाबारे झुठो उजुरी दिने तथा मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई समेत भ्रममा पार्ने प्रयास गरिएको सिंहको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी उपरिक्षक सम्मानित
प्रहरी उपरिक्षक सम्मानित
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार