रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ

राजविराज राजविराज
|
बुधबार, माघ २९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
रेल मार्गले सकारात्मक पक्षको संकेत देखाउँछ

सारांश

  •     विकासको दृष्टिकोणमा सधै उपेक्षित र अपहेलित रहेको सप्तरी जिल्ला अहिले केही राजनीतिककर्मीहरुको सक्रियताको कारण तथा स्थानीय जनप्रतिधिहरुको सोच र चिन्तनमा परिवर्तनको लहर उत्पन्न भइरहेको कारण राजविराजको एक मात्र विमानस्थलमा नियमित बुद्ध एयरले संचालन गरिरहेका छन् भने रामराजा स्वास्थ्य विज्ञानप्रतिष्ठान संचालनको क्रममा केही आशाको किरणहरु देखा परिरहेका छन् ।
  • स्थानीय जनप्रतिधिहरुको कार्य अवधिको कार्यकालहरु नजिक्दै गईरहेको सन्दर्भमा उनीहरुले पनि आफ्नो क्षेत्र समुदायको विकासको लागि पहलको आवश्यकताहरु अनुभव गरिरहेका सन्दर्भमा राजविराजका निर्माणको पर्खाइमा बसेका बस स्टेण्ड तथा राजविराजको रोडका नालाहरु तथा सप्तरीका अधिकांश हुलाकी सडकसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जुडिएका सडकहरुको विकासीय तद्रुपताहरुलाई अगाडि बढाइरहेको देखिन्छ ।
  • तसर्थ नेपालको परिपेशमा रेलमार्गको निर्माणको थालनी साकारात्मक नयाँ सन्देशको रुपमा सवल र पारदर्शित रुपमा अगाडिको अवस्था सिर्जना हुनु दिशा निर्दिश गरिरहेको छ ।

अमरनाथ मण्डल
   सप्तरी जिल्ला लगायत तराई तथा मधेशका अधिकांश जिल्लाहरुमा रेल मार्गको मार्गहरु संचालन गर्ने उदेश्यले नेपाल सरकारबाट कार्यान्वयन योजनाहरु संचालन भइरहेको साकारात्मक पक्षको सवालहरुलाई स्वागत गर्ने योग्य देखिन्छ । तर खेतीयोग्य जमिनहरुमा रेलमार्ग निर्माण हुनु जटिलता र कृषि क्षेत्रलाई बाधकको रुपमा सिर्जना गर्ने गुनासोहरु आफ्नो ठाउँमा रहेको छ । तर, विकासीय दृष्टिकोणमा आर्थिक स्थितिको सम्मान गर्ने उदेश्यले यातायातको प्रमुख भुमिका रहेको सन्दर्भमा मधेशमा रेल मार्गको निर्माण हुनु साकारात्मक पक्षको संकेत मानिन्छ । 
    राजविराज नगरपालिका सभा हलमा रेलमार्गको विषयमा अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफको सन्दर्भमा देखेको कुराहरु के प्रमाणित हुन्छ भने मधेशका अधिकांश जिल्लामा चाडै भन्दा चाडै यातायातको सन्दर्भमा ठुलो फडको मार्ने संकेतको सुरुवात हुनेछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्ठित देश भएको हुनाले जलमार्गको पर्याप्त अवस्था नरहेता पनि एक मात्र रेलमार्ग जनकपुर–जयनगर मात्र रहेको सन्दर्भमा अहिले रेल मार्गको सवालहरुमा सर्वे र निरिक्षण र जग्गा मूल्यांकन भइरहेको अवस्थामा सप्तरीको लगायतको मधेशको विकासमा ठुलो टेवा पुग्ने विश्वास गरिन्छ । जग्गा पर्ने जग्गाधनीहरुको आवश्यक जग्गाको मूल्यांकन गरी मुआब्जाको व्यवस्थापन गर्ने लगायत नक्शाको परिधिभित्र रेल मार्गको संचालन गर्ने अवस्थाको सिर्जना हुने सप्तरीको लागि स्वार्दपूर्ण वातावरणको मूल्यांकन र अनुगमन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरुको दायित्व र कर्तव्य रहेको सन्दर्भमा नेपाल सन्दर्भमा रेलमार्गको निर्माण हुनु साकारात्मक संकेतको पहल हुनु देखिन्छ । तर, आर्थिक तथा जग्गाको पूर्वाधारहरुको आवश्यक आवश्यकताको मूल्यांकन र उपलब्धि सम्पूर्ण सुविधा भोगीहरुलाई आवश्यकता अनुसार वितरण प्रणालीलाई मजबुत र पारदर्शित बनाउनु पर्ने अवस्थाको सिर्जना हुनु पर्ने देखिन्छ । तर, जग्गाको मूल्यांकन सन्दर्भमा मोह, माया त्याग गरी विकासीय परिपाटीलाई सबलताका साथ अगाडि बढाउनुपर्ने सन्दर्भको खाचो अहिले पनि मधेशका अधिकांश जिल्लाहरुमा देखिएका छन् । 
    विकासको दृष्टिकोणमा सधै उपेक्षित र अपहेलित रहेको सप्तरी जिल्ला अहिले केही राजनीतिककर्मीहरुको सक्रियताको कारण तथा स्थानीय जनप्रतिधिहरुको सोच र चिन्तनमा परिवर्तनको लहर उत्पन्न भइरहेको कारण राजविराजको एक मात्र विमानस्थलमा नियमित बुद्ध एयरले संचालन गरिरहेका छन् भने रामराजा स्वास्थ्य विज्ञानप्रतिष्ठान संचालनको क्रममा केही आशाको किरणहरु देखा परिरहेका छन् । स्थानीय जनप्रतिधिहरुको कार्य अवधिको कार्यकालहरु नजिक्दै गईरहेको सन्दर्भमा उनीहरुले पनि आफ्नो क्षेत्र समुदायको विकासको लागि पहलको आवश्यकताहरु अनुभव गरिरहेका सन्दर्भमा राजविराजका निर्माणको पर्खाइमा बसेका बस स्टेण्ड तथा राजविराजको रोडका नालाहरु तथा सप्तरीका अधिकांश हुलाकी सडकसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जुडिएका सडकहरुको विकासीय तद्रुपताहरुलाई अगाडि बढाइरहेको देखिन्छ । तसर्थ नेपालको परिपेशमा रेलमार्गको निर्माणको थालनी साकारात्मक नयाँ सन्देशको रुपमा सवल र पारदर्शित रुपमा अगाडिको अवस्था सिर्जना हुनु दिशा निर्दिश गरिरहेको छ । 
    नेपाल आर्थिक रुपमा विपन्नताको परिधि नाघन आफ्नो कम्बर कसिरहेको अवस्थामा विकासीय दृष्टिकोणको सबलताको कुराहरुमा यातायातको प्रमुख भूमिका रहेको अवस्थामा कृषकले उत्पादन गरेका उत्पादित वस्तुहरुको उचित दरभाउ मोल नपाई कृष बजारको स्थिति ह्रासको स्थितमा सिर्जना हुने देखिरहेको सन्दर्भमा नेपालको कृषि बजार दिनप्रतिदिन जोखिममा परिरहेको छ ।जसको परिणाम विभिन्न किसिमका आन्दोलहरुमा राजमार्ग बन्दको परिवेश हेरी बन्दको क्रममा दूध उत्पादन गर्ने किसानहरुले राजमार्गमा दुध फाली विरोध गर्ने कतिपय उदाहरण हाम्रो सामु देखापरेका छन् । सन्दर्भ हेर्दा तथा परिस्थितिको मूल्यांकन गर्दा रेलमार्गको निर्माणसँगै कृषिजन्य पदार्थ तथा वस्तुहरुको उचित मूल्यको व्यवस्था हुने अवस्था र सन्दर्भ देखिन्छ । तराईको कृषिजन्य प्रमुख बालीको रुपमा धान उत्पादन रहेको अवस्थामा जब कृषकको भरमा धानको बाली थन्केर रहन्छ त्यसको मूल्य न्यूनको अनुपातमा व्यपारीहरुको दृष्टिकोणमा देखिन्छ भने त्यही धानको मूल्य व्यपारीको गोदाममा पुगेपछि आकाशने पुग्ने गरेको अवस्थाको पिडा कृषकहरुले वर्षौदेखि भोगिरहेको छ । रेलमार्गको निर्माणसँगै यातायातको पूर्ण व्यवस्था तथा कृषि जन्य पदार्थहरुको समयमा बजारसम्म पुर्याउने सक्रिय र सक्षम रेलमार्गले आफ्नो भूमिका निर्वाह गर्ने आशा र विश्वासको साथ कृषि व्यवपारीहरु तथा कृषकहरु रेलमार्ग संचालप्रति साकारात्मक संकेतको साथ आफ्नो मनो, भावना अनुरुप खुशी व्यक्त गरेका छन् । सप्तरी नेपालको सबभन्दा बढी कृषिजन्य पदार्थ उत्पादन गर्ने उत्पादित जिल्लाको रुपमा रहेको अवस्थामा धान खेती, गेहुँ खेती, लगायत हिउँदे तरकारी बालीहरुको ओहोरदोहोरमा तथा व्यवपारलाई केन्द्रीबिन्दु बनाउन सक्षम भूमिकाको रुपमा रेलमार्गले पुरा गर्ने आशा र विश्वास लिन्छ । 
    मधेशको तथा तराईका अधिकांश जिल्लाहरुमा हिउँदे बाली, तरकारी बाली धान खेती, गेहँु खेतीहरुलाई बजारभाउ पाउनका लागि रेलमार्ग तथा व्यपार हाटहरुमा तरकारी तथा अन्य कृषिजन्य पदार्थहरुलाई बेचबिखन खरिद गर्नको लागि पुर्याउनुको आवश्यक माध्यमको रुपमा रेलमार्ग सार्थक सिद्ध हुने विश्वास गरिन्छ । तर रेलमार्गको सर्वेक्षण र अनुगमन, निरिक्षण पर्याप्त नभई व्यवहारमा तदरुपताका साथ सक्रियतापनको साथ प्राविधिक टोली नेपाल सरकार, स्थानीय जनप्रतिधि, प्रदेश सरकार लगायत राजनीतिक दल, नागरिक समाजहरुको सहयोग र आवश्यकताको अपरिहार्यता देखिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु