जेसीजले महिला दिवस फरक ढंगले मनायो

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
जेसीजले महिला दिवस फरक ढंगले मनायो

सारांश

  •     राजविराजस्थित गजेन्द्र चोकमा दुई हातको दुरीमा उभिएर सहभागीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
  • जेसीजका पदाधिकारीहरुलाई साथ दिदै अधिकारकर्मी र कानून व्यवसायीहरुले समेत सहभागिता जनाए ।
  •       उनीहरुले ‘११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं’, ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘महिला अधिकार, मानव अधिकार’, ‘समान सोंच र व्यवहार, समृद्धिको आधार’, ‘पाइला हाराहारी, हिस्सा बराबरी’, ‘कुरा होइन काम गरौं, महिला हिंसा अन्त्य गरौं’, ‘अंश र वंशमा समान अधिकार’, ‘सम्पतिमा दम्पति बराबर’, ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’, नाराअंकित प्लेकार्ड बोकेर एक घण्टासम्म चोकमा उभिएर प्रदर्शन गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
    राजविराज जेसीजले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फरक ढंगले मनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण जमघट, भेला नगर्न स्थानीय प्रशासनले अनुरोध गरेपछि जेसीजले फरक ढंगले दिवस मनाएको हो ।
    राजविराजस्थित गजेन्द्र चोकमा दुई हातको दुरीमा उभिएर सहभागीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । जेसीजका पदाधिकारीहरुलाई साथ दिदै अधिकारकर्मी र कानून व्यवसायीहरुले समेत सहभागिता जनाए । 
    उनीहरुले ‘११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं’, ‘महिला रोकिए, संसार रोकिन्छ’, ‘महिला अधिकार, मानव अधिकार’, ‘समान सोंच र व्यवहार, समृद्धिको आधार’, ‘पाइला हाराहारी, हिस्सा बराबरी’, ‘कुरा होइन काम गरौं, महिला हिंसा अन्त्य गरौं’, ‘अंश र वंशमा समान अधिकार’, ‘सम्पतिमा दम्पति बराबर’, ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’, नाराअंकित प्लेकार्ड बोकेर एक घण्टासम्म चोकमा उभिएर प्रदर्शन गरे ।
    राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटुवालको अध्यक्षत तथा जिल्ला बार एकाईका सहसचिव रञ्जिता रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता मनु खनाल, मैथिली महिला परिषद्की प्रतिमा देवलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु 
कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु 
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन 
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन 
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति