स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, आषाढ ११, २०७७
|
|
१७ पटक हेरिएको
Shares
स्कारपियो र मोटरसाइकल ठोकिदा आमा छोराको मृत्यु

सारांश

  •     मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षिया सुधनीदेवी दास र उनका ३२ वर्षिय छोरा बिरेन्द्र कुमार दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार बुधबार राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१०प.
  • ९०५० र विपरीत दिसाबाट आउँदै गरेको कंचनरुप नगरपालिका कार्यालयको स.

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर खण्डमा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिदा आमा छोराको मृत्यु भएको छ । 
    मोटरसाइकल सवार खडक नगरपालिका ५ निवासी ५५ वर्षिया सुधनीदेवी दास र उनका ३२ वर्षिय छोरा बिरेन्द्र कुमार दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार बुधबार राती १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१०प. ९०५० र विपरीत दिसाबाट आउँदै गरेको कंचनरुप नगरपालिका कार्यालयको स.१झ. ४८७ नम्बरको स्कारपियो भ्यान एक आपसमा ठोकिएर सो दुर्घटना भएको हो । घटनामा मोटरसाइकलमा सवार आमा छोरा दुबैको मृत्यु भएको हो । 
    यता ठक्कर दिने गाडी र चालक कमलेश मुखियाँलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?