सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
३३ पटक हेरिएको
Shares
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो

सारांश

  •     जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको थियो ।
  •   यता निषेधाज्ञा हटेसँगै जिल्लामा मंगलबार बिहानदेखी सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सर्तसहित बजारमा चहलपहल सुरु भएको छ ।
  •       जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा जारि निषेधाज्ञालाई ५२ दिनपछि मंगलबारदेखी हटाएको छ । 
    जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको थियो । 
यता निषेधाज्ञा हटेसँगै जिल्लामा मंगलबार बिहानदेखी सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सर्तसहित बजारमा चहलपहल सुरु भएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ । जिल्ला भित्र निजि सवारीसाधन तथा दुई जना यात्रु मात्र राखेर सिटी रिक्सा चलाउन पाउने छ । शिक्षण संस्था, हाट बजार, सभा सम्मेलन लगायतका भने संचालन गर्न नपाइने उनले जानकारी दिए । 
यस्तै १० वर्ष मूनी र ६० वर्षमाथीका मानिस र दिर्घरोगिलाई बाहिर हिडडुल गर्न तथा सैलुन, ब्युटिपार्लर, जिमखाना, मेला, महोत्सव तथा अन्य सामूहिक भेलामा पनि रोक लगाइएको छ । यसैगरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रदान गरिने नागरिकता हाललाई बन्द रहने तथा अन्य सेवाहरु सूचारु भएको उनले बताए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी