संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 

राजविराज राजविराज
|
शनिबार, आश्विन १७, २०७७
|
|
३१ पटक हेरिएको
Shares
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 

सारांश

  •     पार्टीको अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै उनले जनताको त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणन्त्र खतरामा पर्न लागेकोले तत्काल संबिधानमा भएका त्रुटीहरुलाई संशोधन गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
  •     काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले मुलुकमा अब नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेकोले आफूहरु लागिपरेको समेत बताएका छन् ।
  •       उनले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयका लागि अहिलेको संबिधानमा संशोधन आवश्यक रहेकोले संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 
    पार्टीको अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै उनले जनताको त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणन्त्र खतरामा पर्न लागेकोले तत्काल संबिधानमा भएका त्रुटीहरुलाई संशोधन गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
    काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले मुलुकमा अब नयाँ वैकल्पिक शक्तिको आवश्यकता रहेकोले आफूहरु लागिपरेको समेत बताएका छन् । 
    उनले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए । 
    उनले भने, हामीले राजपासँग एकता ग¥यौं र अब अन्य शक्तिहरुलाई समेत समेटिन खोज्दै छौं त्यसैले साना तिना कुराहरुमा बिवाद नगरी पार्टीलाई एकढिका बनाएर लैजानु सबै नेता कार्यकर्ताहरुको दायित्व हो । 
    पार्टी संगठनका कार्यकर्ताहरुमा देखिएको असन्तुष्टीहरुलाई बिस्तारै सम्बोधन गर्दै जाने उल्लेख गर्दै अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेकाले सबै नेता कार्यकर्ताहरुको सम्माजनक समायोजन हुने बताए । 
    संघीय व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको आवश्यकता भएपनि संघीय सरकार यी सबै अभिभारा पुरा गर्न असफल भएको आरोप लगाउदै अध्यक्ष यादवले काँग्रेस समेत सरकारको लाचार छायाँ भएको टिप्पणी समेत गरे । 
    भेलामा पार्टीका नेता तथा प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्यहरु मनिष कुमार सुमन, बिन्देश्वर यादव (बिक्की), नेत्रबिक्रम साह तथा  अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
सडक निर्माणको माग गर्दै पैदल यात्रा
सडक निर्माणको माग गर्दै पैदल यात्रा
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग