दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकाको कार्यालयले सम्पन्न गरेको योजनाहरूको सूचना दिन आलटाल गरेको छ ।
स्थानिय युवाहरूद्वारा संचालित सामाजिक रूपान्तरण युवाहरू अभियान नामक संस्थाले गाउँपालिकामा बारम्वार सुचना माग गर्दा पनि अटेर गरेको हो ।
संस्थाका संयोजक कृष्णा मण्डलसहितका युवाहरूले लिखित सुचनाको हक सम्बन्धी नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा १ बमोजिम गाउँपालिकालाई लिखित रूपमा माग गरेको छ ।
युवाहरूले आ.व. २०७३÷०७४ देखि आ.व. ०७६÷०७७ सम्मको सम्पुर्ण वडा सहितको छुट्टाछुट्टै आयव्यय विवरण आ.व. २०७३÷०७४ देखि आ.व. ०७६÷०७७ सम्मको महालेखा परीक्षक प्रतिवेदनको प्रतिलिपी माँग गरेको अभियानका संयोजक कृष्णा मण्डलले जानकारी दिएका छन् ।
यसैगरी कार्यालय अन्तर्गत कार्यरत रहेका सम्पुर्ण कर्मचारीहरुको संगठन संरचना स्वीकृत गरिएको दरबन्दी तेरिजका साथ साथै के कुन कर्मचारीहरु के कुन मितिदेखि के कुन प्रकृयाबाट आएका हुन सो सम्बन्धी कागजातहरुको सम्बन्धमा सुचना माँग गरिएको छ ।
गाउँपालिकाले ०७६÷०७७ मा भए गरेका सम्पुर्ण आम्दानी तथा खर्चहरुको छुट्टाछुट्टै विवरणका साथै क्वारेन्टाइन संचालन तथा राहत वितरण सम्बन्धी खर्च र कोभिड १९ रोग नियन्त्रणका लागि भए गरेका खर्चहरुको विवरण समेत माँग गरेपनि कार्यालयले दिन अटेर गरेको छ ।
यता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खेम थापाले सूचनाहरु दशै पछि दिने जानकारी दिएको संयोजक मण्डलले बताए ।
छिन्नमस्ता गाउँपालिकाद्वारा सूचना दिन आलटाल
सारांश
- स्थानिय युवाहरूद्वारा संचालित सामाजिक रूपान्तरण युवाहरू अभियान नामक संस्थाले गाउँपालिकामा बारम्वार सुचना माग गर्दा पनि अटेर गरेको हो ।
- संस्थाका संयोजक कृष्णा मण्डलसहितका युवाहरूले लिखित सुचनाको हक सम्बन्धी नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा १ बमोजिम गाउँपालिकालाई लिखित रूपमा माग गरेको छ ।
- युवाहरूले आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
प्रतिक्रिया
० प्रतिक्रिया