एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

सारांश

  •     यता आइतबार साँझ पक्राउ पर्नेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं.
  • २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नं.
  • १ निवासी ३० वर्षिय भुमिराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    सप्तरी प्रहरीले दुई जना लागु औषध कारोबारीलाई लागुऔषध र नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरीले लागु औषध नियन्त्रण अभियान थालेको एक महिनाको अवधीमा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ गरेको छ ।
    यता आइतबार साँझ पक्राउ पर्नेहरुमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. २ फत्तेपुर निवासी ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नं. १ निवासी ३० वर्षिय भुमिराज थापा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सहायक प्रहरी निरिक्षक रामनजी यादवको कमाण्डमा खटेको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ राम्पुरामल्हनिया बेरिया घाटस्थित स.८प. ९०९५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार थापाले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ । 
    उनीहरुको खानतलासी गर्दा प्रतिबन्धीत लागु औषध डाईजिल्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुलसहित नगद ७० हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    उनीहरु भारतीय बजारबाट प्रतिबन्धित लागु औषध खरिद गरि ल्याउने र नेपालको विभिन्न सहरमा लुकिछिपी बिक्रि बितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ । थापाद्वयलाई सोमबार सप्तरी जिल्लन अदालतबाट म्याद थप गराई लागु औषध ऐन अन्तरगत आवश्यक कारवाही प्रकृया अघि बढाइएको उनले बताए । 
    यता एक महिनाको अवधीमा पक्राउ परेकाहरुबाट २ हजार २० पिस नाइट्रोजन ट्याब्लेट, ६७ सि डाइजील्याब, १ सय ४४ पिस स्पास्मोप्रोभेल ट्याब्लेट, ५० एम्पुल लुपिजेसिक, ६४ बोतल कोरेक्स, ५० एम्पुल फेनारगन र ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ
प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन