दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
राजविराज वडा नं. ७ खर्सालका समाजसेवी स्व. महाबिरलाल देवको शुक्रबार ५० औं श्रद्वाञ्जली सभा मनाइएको छ ।
नेपाल कर्मचारी सहकारी संस्थाका लिमिटेडका अध्यक्ष योगेन्द्र प्रसाद देवले आप्mना पिता स्व. महाविर लाल देवको श्रद्वाञ्जली सभाको आयोजना गरेका हुन् ।
सो अवसरमा योगेन्द्र देवले बुवा महाबिरलालको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना समेत गरेका छन् । उक्त अक्षय कोषबाट खर्सालका गरिव, बिपन्न परिवारका कक्षा ११ र १२ पढ्ने बिद्यार्थीहरूको सहयोग गर्ने तथा आर्थिक अवस्था कमजोर रहेका परिवारलाई सो अक्षय कोषबाट सहयोग गरिने उनले बताए ।
सो कार्यक्रममा स्थानिय खुशीलाल यादवले समाजसेवी स्व. महाबिरलाल देवले खर्सालको बिद्यालय स्थापना देखि लिएर खर्साल टोल स्थापना गरी समुदायको बिकास र समाजको स्थापना अग्रनीय योगदान रहेको चर्चा गरे ।
सोही कार्यक्रममा बोदेबरसाईनका समाजसेवी स्व. बिन्देश्वरी प्रसाद यादब, शत्रुघन प्रसाद यादब लगायतले स्व. महाबिरलाल देवको घर मै आएर जिल्लाको बिकास र समाजकको स्थापना तथा बिकासको सहकार्य गर्ने गरेको नेकपा नेता प्रताप देवले चर्चा गरे ।
सो श्रद्वाञ्जली सभामा ई. ईन्द्र नारायण देव, भवानी सेवा समिति अध्यक्ष प्रताप नारायण चौधरी, बागेश्वरी सेवा समिति अध्यक्ष ध्रुव कुमार देव, राधाकान्त देव, दुर्गा प्रसाद यादब, ईन्द्र तेज नारायण देव लगायतले स्व. देवले पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।
स्व. महाबिर देवको नाममा पाँच लाखको अक्षय कोष स्थापना
सारांश
- नेपाल कर्मचारी सहकारी संस्थाका लिमिटेडका अध्यक्ष योगेन्द्र प्रसाद देवले आप्mना पिता स्व.
- महाविर लाल देवको श्रद्वाञ्जली सभाको आयोजना गरेका हुन् ।
- सो अवसरमा योगेन्द्र देवले बुवा महाबिरलालको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना समेत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया