बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी

राजविराज राजविराज
|
आइतबार, पौष १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बसबिट्टीमा कुस्ती प्रतियोगिता सम्पन्न, पहिलो हुनेलाई ५ तोला चाँदी

सारांश

  •     विवाह पंचमी मेला समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको थियो ।
  •       मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ ।
  • हालै मात्र तिलाठी कोइलाडी गाउँपालिका ५ लोनियामा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।

    राजविराज÷रामजानकी विवाह पंचमीको अवसरमा सप्तरीको रुपनी गाउँपालिका ५ स्थित बसबिटीमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता शनिबार सम्पन्न भएको छ । 
    सम्पन्न कुस्ती प्रतियोगितामा नवलपरासीका बाबर पहलवान पहिलो हुँदै ५ तोला चाँदीको तक्मा प्राप्त गरेका छन् भने पर्साका राहुल पहलवान दोस्रा भई ४ तोला चाँदीका तक्मा तथा सिरहा राजगीर यादव पलवान तेस्रो भई ३ तोला चाँदीका तक्मा पाएका छन् । 
    सम्पन्न प्रतियोगितामा पहिला हुनेलाई रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादवले, दोश्रो हुनेलाई उपप्रमुख बेचनीकुमारी सरदार र तेश्रो हुनेलाई वडा नं. ५ का अध्यक्ष जगदीश दासले तक्मा प्रदान गरेका थिए । 
    विवाह पंचमी मेला समितिको आयोजनामा बिहीबारदेखी सुरु भएको उक्त कुस्ती प्रतियोगितामा नेपालको बारा, सिरहा र नवालपरासी र भारतको बिहार, मध्यप्रदेश, दिल्ली, झारखण्ड, उत्तरप्रदेशलगातका पहलवानहरुको सहभागिता रहेको थियो । 
    मधेशमा हराउँदै गरेको कुस्ती खेललाई पुनःजिवित राख्न अहिले सप्तरीको विभिन्न स्थानमा कुनै न कुनै अवसर पारेर भारतीय पहलवानहरुको सहभागितामा गराउने गरिन्छ । हालै मात्र तिलाठी कोइलाडी गाउँपालिका ५ लोनियामा समेत कुस्ती प्रतियोगिता संचालन गरिएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?