दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाल बजेट बिश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न भएको छ ।
गाउँपालिकास्थित पालिकाको सभा हलमा सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सो बैठक सम्पन्न भएको हो ।
बैठकमा तिलाठी कोईलाडी गाउँपालिकाले बालबालिका तथा किशोर कशोरीहरूका लागि पालिकाहरूले छुटयाएको बजेट सम्बन्धी विश्लेषण बारेमा छलफल गरिएको छ ।
तिलाठी कोईलाडी गाउपालिकाले गत बर्ष र चालु आर्थिक बर्षमा बालवालिकाहरूका लागी कुन कुन क्षेत्रमा कस्तो प्रकारको बजेट छुटयाईएको छ कि छैन, बजेटमा समानता रूपमा भएको छ कि छैन, लैंगिक मैत्री छ कि छैन, बारेमा छलफल गरिएको किशोर किशोरी कार्यक्रम संयोजक कान्ति खडकाले बताईन ।
उनले पालिकाहरूले आउने दिनमा बालवालिका तथा किशोरकिशोरीहरूमा लगानी बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको बताईन ।
सोे विश्लेषण गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले बालबालिका र किशोर किशोरीहरूको आवश्यकता र समानता मूलक बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
उनले बालबालिका र किशोर किशोरीको स्वास्थ, शिक्षा, समाजिक क्षेत्रमा बजेट छुटयाएर कार्यक्रम संचालन गर्दै आएको बताए ।
सो छलफलममा लेखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय सदस्यमा समाजिक बिकास शाखा, स्वास्थ, शिक्षा र सेभ द सप्तरीका प्रतिनिधि रहने गरी बजेट विश्लेषण समिति बनाएर एक हप्ता भित्र प्रतिवेदन तयार गर्ने उद्देश्य रहेको सेभ द सप्तरीका फिल्ड अफिसर ललिता मण्डलले बताईन ।
उक्त गोष्ठीमा तिलाठी कोईलाडी गाउँपालिका उपाध्यक्ष सुचिता यादब, प्रमुख प्रशासकिय अधिकृत केशव झा, स्वास्थ शाखा प्रमुख शैलेश झा, सह लेखापाल लिलाराज श्रेष्ठ, बिपत ब्यबस्थापन कार्यक्रम अधिकृत राजेश झा, नासु किशोर कुमार झा, पत्रकार चन्दनकुमार यादब, सेभ द सप्तरीका फिल्ड सुपरभाईजर राजिव चौधरी लगायतको उपस्थिति रहेको थियो ।
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न
सारांश
- गाउँपालिकास्थित पालिकाको सभा हलमा सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सो बैठक सम्पन्न भएको हो ।
- बैठकमा तिलाठी कोईलाडी गाउँपालिकाले बालबालिका तथा किशोर कशोरीहरूका लागि पालिकाहरूले छुटयाएको बजेट सम्बन्धी विश्लेषण बारेमा छलफल गरिएको छ ।
- तिलाठी कोईलाडी गाउपालिकाले गत बर्ष र चालु आर्थिक बर्षमा बालवालिकाहरूका लागी कुन कुन क्षेत्रमा कस्तो प्रकारको बजेट छुटयाईएको छ कि छैन, बजेटमा समानता रूपमा भएको छ कि छैन, लैंगिक मैत्री छ कि छैन, बारेमा छलफल गरिएको किशोर किशोरी कार्यक्रम संयोजक कान्ति खडकाले बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध
मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग
अग्निपीडितलाई राहत प्रदान
मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै
सप्तरीका १६ खेलाडीसहित राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारोत्तोलन खेलाडी चयन
हटियामा शौचालय निर्माण गर्नेतर्फ नगरपालिका गम्भीर बन
स्थापनाको ५० वर्षको अवसरमा राजदेवी माविले स्वर्ण जयन्ती मनाउने
प्रतिक्रिया
० प्रतिक्रिया