स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
२९ पटक हेरिएको
Shares
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न

सारांश

  •     राजविराज नगरपालिकाको आयोजना तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो ।
  •       बैदेशिक रोजगारलाई सुरक्षित एवं मर्यादित तथा उपलब्धीमूलक बनाउन स्थानिय सरकारको भूमिका बारे तथा चालु आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    सुरक्षित आप्रवासन परियोजना अन्तरगत स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठक आइतबार राजविराजमा सम्पन्न भएको छ । 
    राजविराज नगरपालिकाको आयोजना तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो । 
    बैदेशिक रोजगारलाई सुरक्षित एवं मर्यादित तथा उपलब्धीमूलक बनाउन स्थानिय सरकारको भूमिका बारे तथा चालु आ.ब.को पहिलो चौमासिक प्रगति प्रतिवेदन, समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धी बैठकमा छलफल भएको संस्थाका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, कंचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, शम्भुनाथ नगरपालिकाका उपप्रमुख कबिता कुमारी सरदार, राजविराज नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मदन थापा, कंचनरुप नगरपालिकाका अधिकृत नवराज खडका, चारै पालिकाका सामाजिक शाखा प्रमुख तथा रोजगार संयोजक, जिल्ला हेल्भेटास नेपाल (सामी) का प्रदेश संयोजक बिजय ठाकुर, कार्यक्रम अधिकृत रामप्रमेश मण्डल, संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीलगायतको सहभागिता रहेको थियो ।  
    सो बैठकमा संस्थाका कार्यक्रम संयोजक राजेन्द्र यादवले चौमासिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुरले सामी परियोजना बारे बिस्तृत जानकारी गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला