दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको देश व्यापी बिरोध कार्यक्रम अन्तरगत सोमबार राजविराजमा पनि विशाल प्रदर्शन भएको छ ।
जिल्ला कार्यसमितीको अगुवाइमा गरिएको सरकार बिरुद्धको प्रदर्शनमा भातृ संगठन, स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संघ संस्थाका प्रतिनिधिका साथै ठुलो संख्यामा सर्वसाधारण समेत सहभागि भएका थिए ।
स्थानिय राजरंगशालाबाट निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेका थिए । नगर परिक्रमा पश्चात् आयोजित बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ चित्रलेखा यादवले ओली नेतृत्वको सरकार अधिनायक तर्फ अघि बढेको भन्दै यसलाई रोक्न काँग्रेस सडकमा ओर्लेको बताईन् ।
उनले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी १७ मंसिरमा तनहुमा भएको धरपकड अधिनायकवादकै एउटा नमूना भएको बताईन् । केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको छ उनले भनिन्, जनताको बलिदानबाट प्राप्त यो उपलब्धी गुम्न नदिन काँग्रेस संघर्षको मोर्चामा अघि बढेको छ । सरकार हरेक मोर्चामा असफल भएको छ उनले भनिन्, जनता कोरोनाको मारका साथै औषधी र मलखादको अभावमा कष्ट भोगि रहेका छन् तर ओली सरकार सत्ताको लडाई र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।
देशमा हत्या, हिंसा र बलात्कारका घटना ह्वात बढ्दा पनि सत्ताको खेलमा रमाउने वर्तमान सरकार संविधानको धारा समेत कुल्चेर एकपछि अर्को विभिन्न निर्णय गरेको उनको आरोप छ । वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अघि बढेको उनले थपिन्, काँग्रेसले आन्दोलनमार्फत नै सरकारको घमण्ड तोडेरै छोड्ने छ ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा अन्य सहभागि वक्ताहरुले ओली सरकारको क्रियाकलाप अधिनायकतर्फ अघि बढेको भन्दै आन्दोलनमार्फत नै तह लगाउने चेतवानी दिएका थिए ।
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सारांश
- जिल्ला कार्यसमितीको अगुवाइमा गरिएको सरकार बिरुद्धको प्रदर्शनमा भातृ संगठन, स्थानिय तहका पार्टी समिति र जिल्लास्थित शुभेच्छुक संघ संस्थाका प्रतिनिधिका साथै ठुलो संख्यामा सर्वसाधारण समेत सहभागि भएका थिए ।
- स्थानिय राजरंगशालाबाट निस्केको जुलुस सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेका थिए ।
- नगर परिक्रमा पश्चात् आयोजित बिरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ चित्रलेखा यादवले ओली नेतृत्वको सरकार अधिनायक तर्फ अघि बढेको भन्दै यसलाई रोक्न काँग्रेस सडकमा ओर्लेको बताईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया