चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द

राजविराज राजविराज
|
शुक्रबार, माघ २, २०७७
|
|
२३ पटक हेरिएको
Shares
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द

सारांश

  •     यता बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ ।
  •       चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय सप्तरीले दाउरा बितरण सुरु गरेको छ ।
  •       नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २ माघ । 
    विगत पाँच दिनदेखी बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बन्दै गएको छ । बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको हो । 
    यता बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । 
    चिसोबाट बढी प्रभावित हुने गरिब असहाय तथा विपन्न परिवारलाई लक्षित गरि डिभिजन वन कार्यालय सप्तरीले दाउरा बितरण सुरु गरेको छ । 
    नगर क्षेत्रका साथै ग्रामिण क्षेत्रका चौक, सार्वजनिक स्थानमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तिमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरि दाउरा बितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिएका छन् । 
    यसैगरि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले पनि वन कार्यालयको समन्वयमा दाउरा खरीद गरि चिसोले बढी प्रभावित बस्तिमा गएर दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाउन लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँपालिकाका सबै ८ वटै वडाका आवश्यक देखिएका स्थानमा बितरण सुरु गरिने जानकारी दिए । 
    आर्थिक अवस्था अत्यन्त दयनिय रहेकाहरुले खान लाउन समेत धौं धौं परिरहेको अवस्थामा उनीहरु आफैले दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाउन सक्ने स्थिति नरहेकाले गाउँपालिकाले दाउराको जोहो गरेर उनीहरुलाई न्यानो बाड्न खोजेको उनले बताए । 
    चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् । 
    चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए । 
    यसअघि बिहीबार चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा बिहीबार नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको थियो ।
     यसैबीच सितलहरसँगै अत्याधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकास्थित सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ । 
    नगरपालिकाको बोर्ड बैठकले माघ १ देखी माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
    अत्याधिक चिसोबाट बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख उत्तम गौतमले जानकारी दिएका छन् । उक्त नगरपालिका भित्र ११ सरकारी र १२ वटा निजि विद्यालय छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
संचारकर्मीलाई सुरक्षा सामग्री
संचारकर्मीलाई सुरक्षा सामग्री
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मर्मत सम्भारको माग गर्दै चक्काजाम
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह