दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका उपकरण चोरी गरि बिक्रि गर्ने चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ ।
चोरी घटनामा संलग्न मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको मिनि ट्रकका मालिक लहान नगरपालिका ३ निवासी ३५ वर्षिय सूर्यनारायण महतोजनस्, सोही वडा निवासी ३५ वर्षिय पवन जैसवाल र चोरीका उपकरण खरीद गर्ने सिरहाका गोलबजार नगरपालिका ४ बस्ने ४१ वर्षिय दिपक अग्रवाल पक्राउ परेका छन् ।
पुस २३ गते सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियास्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमले जडान गरेको जिसिएम मोबाइलको बिटिएस टावरको लाखौं मुल्य पर्ने एएच ब्याट्रि २४ थान, पावर केबुल ३५ एमएमको २० मिटर, अर्थिङ केबुल २५ मिटर लगायतका उपकरण र विद्युतीय सामाग्रि चोरी भएको थियो ।
कवाडी व्यवसायी रहेका अग्रवालको गोदामबाट चोरी गरिएका २४ मध्ये ७ वटा ब्यट्रि र केही उपकरण बरामद भएको तथा प्रहरीले चोरीको सामान ओसार पोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । उनले घटनाका दिन सो सडकखण्डमा ओहोरदोहर गरेको गाडीहरु बारे सिसि क्यामरामार्फत सोधखोज गर्दा पत्ता लागेको बताए ।
यता चोरी भएका अन्य १७ वटा ब्याट्रि तथा केही उपकरण ती समूहले भारत पु¥याई बिक्रि गरेको खुलेको र भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि खोजिकार्य भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
टेलिकमका कर्मचारी हुँ, उपकरण चेकजाँच गर्न लैजानु पर्छ भन्दै मुख्य अभियुक्त भनिएका राकेश यादवले ट्रकमा लोड गर्न लगाएको र अन्य दुई जनाले सघाएको अनुसन्धानको क्रममा खुलेको डिएसपी साहले बताए ।
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ ।
- चोरी घटनामा संलग्न मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.
- ४ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया