राजविराज÷राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरिया निवासी समाजसेवी अमृतलाल चौधरीको निधन भएको छ ।
केही समययता प्रोस्टेट रोगले बिरामी परेका ९० वर्षीय चौधरीको शनिबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
सो वडाका अध्यक्ष रहेका उनका कान्छा छोरा चन्द्रशेखर चौधरीका अनुसार बिहान ४ बजेतिर उनको आफ्नै निवासमा निधन भएको हो ।
उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध भई समाजसेवा गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् ।
यसअघि उनको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए ।
घरमा परम्परागत संस्कार सकेपछि उनको शवयात्रा चनौरा पडरियास्थित फुलवारीमा पुगेपछि जेठा छोरा अरुणले पार्थिव शरीरमा दागवत्ति दिएका थिए ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उनको निधनले विकास र सामाजिक सद्भाव चाहने सबैलाई क्षति भएको जनाएका छन् ।
पुराना नेता तथा समाजसेवी अमृतलाल रहेनन्
सारांश
- उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
- पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध भई समाजसेवा गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् ।
- यसअघि उनको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया