जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २, २०७७
|
|
२४ पटक हेरिएको
Shares
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन

सारांश

  •     जिल्ला साविक मधवापुर गाविस वडा नं.
  • ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ४ निवासी पूर्वसभापति झा केही दिनयता बिरामी परेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
    जिल्ला पञ्चायत सप्तरीका पूर्वसभापति एवं जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र झाको आइतबार ८५ वर्षको उमेरमा निधन भएको छ । 
    जिल्ला साविक मधवापुर गाविस वडा नं. ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ निवासी पूर्वसभापति झा केही दिनयता बिरामी परेका थिए । 
    उनको आइतबार बिहान ६ बजेतिर आफ्नै निवासमा निधन भएको हो । उनी विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका थिए । 
    उनलाई अन्तिम श्रद्धाञ्जली दिन निवास स्थलमा सर्वसाधारण तथा विभिन्न राजनैतिक दलका नेताहरुको भिड लागेको छ । 
    यसैबीच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले एक शोक वक्तव्य जारि गर्दै झाको निधनको खबरले जिल्ला समन्वय समिति परिवार अत्यन्त दुखित भएको जनाएका छन् । स्वर्गिय झाप्रति जिल्ला समन्वय समिति परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ । 
    यस्तै स्थानियवासी एवं काँग्रेसका पुराना नेता नागेन्द्र झाले अत्यन्तै सरल, राम्रा व्यक्तिको निधनले ठूलो क्षति भएको प्रतिक्रिया दिए ।
    घरमा परम्परागत संस्कार सकेपछि शवयात्रा गरि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको स्व. झाका जेठा छोरा राकेशले बताए । झाका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो
बर्दिबासदेखी इनरुवासम्मको रेल संचालन प्रकृया अघि बढ्यो