दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाडी आन्दोलनमा आउन आह्वान गरेका छन् ।
मधेश सम्मान यात्राका क्रममा आइतबार राजविराज आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतलाई धम्क्याउँदै दिएको अभिव्यक्ति प्रति कडा असन्तुष्टि पोख्दै नेता पौडेलले कुर्सी छाडेर आन्दोलनमा आउन प्रधानमन्त्री ओलीलाई आह्वान गरे ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चालेको कदम पूर्णत असंबैधानिक रहेको भन्दै यसबारे नेपाली काँग्रेसप्रति कुनै पनि भ्रम र अस्पष्टता नराख्न आग्रह समेत गरे ।
प्रतिनिधिसभा विघटन गरेर चालिएको कदम सच्याउन त्यसको पुर्नस्थापना नै जरुरी रहेको भन्दै उनले सर्वोच्च अदालतमा विचाराधिन रहेको यस विषयमा अदालतले पनि संविधान कै आधार टेकेर निर्णय दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीका कदम बिरुद्ध काँग्रेसले देशैभरिका सम्पूर्ण स्थानिय तहका वडा वडामा पुगेर विरोध प्रदर्शन गरिरहेको बताउँदै उनले काँग्रेस आन्दोलनबाट पछि नहट्ने दाबी समेत गरे ।
मधेश सम्मान यात्राका क्रममा आफू मधेशका जिल्लाको भ्रमणमा निस्केको जानकारी दिँदै उनले सप्तरीले २००७ सालदेखी नै प्रजातन्त्रका लागि ठूलो योगदान पुर्याएको स्मरणसमेत दोहोर्याए ।
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
सारांश
- मधेश सम्मान यात्राका क्रममा आइतबार राजविराज आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो आह्वान गरेका हुन् ।
- प्रधानमन्त्री ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतलाई धम्क्याउँदै दिएको अभिव्यक्ति प्रति कडा असन्तुष्टि पोख्दै नेता पौडेलले कुर्सी छाडेर आन्दोलनमा आउन प्रधानमन्त्री ओलीलाई आह्वान गरे ।
- वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चालेको कदम पूर्णत असंबैधानिक रहेको भन्दै यसबारे नेपाली काँग्रेसप्रति कुनै पनि भ्रम र अस्पष्टता नराख्न आग्रह समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया